भक्तपुर कन्सर्टमा सुशान्तले आफ्ना हिट गीत सुनाउने
काठमाडौँ । गायक सुशान्त केसीले गर्ने भएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उनले आगामी २४ फागुनमा कन्सर्ट गर्न लागेका हुन् । कार्यक्रमको नाम कन्सर्टको ‘सुशान्त केसी लाइभ इन नेपाल’ राखिएको छ ।
राजधानीमा एक कार्यक्रम गर्दै आयोजकले कन्सर्ट भक्तपुरको सल्लाघारी मैदानमा आयोजना हुने जानकारी दिइयो । कन्सर्टलाई एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सले आयोजना गर्न लागेको हो ।
कार्यक्रममा गायक केसीले कन्सर्टलाई लिएर आफू उत्साहित रहेको सुनाए । कार्यक्रममा नयाँ एक गीत रिलिज गर्ने योजना रहेको उनले जानकारी दिए ।
‘दर्शकले सो अवसरमा नयाँ एक ट्रयाक सुन्न पाउनुहुनेछ,’ उनले भने, ‘कन्सर्टकै लागि भनेर मैले गीत तयार गरेको छु ।’
कन्सर्टमा सुशान्तले आफ्ना हिट गीतहरू बार्दली, सारङ्गी, साथी, आमा, उड उडीजस्ता गाउनेछन् । आयोजकले कन्सर्टमा १५००० दर्शक हुने अपेक्षा गरेको छ । कन्सर्टको सुरक्षा स्थानीय प्रशासनसँग समन्वय हुने आयोजकको धारणा रहेको छ । कन्सर्टको टिकट खल्ती एपमार्फत खरिद गर्न सक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण