अवैध आप्रवासी ओसार्न अमेरिका–मेक्सिकोको सीमाबिच बनेको गुप्त सुरुङ बन्द गरिँदै
वासिङ्टन डिसी । अमेरिका र मेक्सिकोको सीमामा भेटिएको गुप्त सुरुङ बन्द गरिने भएको छ । यो सुरुङ मेक्सिकोबाट अमेरिका अवैध आप्रवासी र निषेधित वस्तु ओसार्न प्रयोग हुँदै आएको थियो । सुरुङले मेक्सिकोको सिउडाड जुआरेज र टेक्ससको एल पासोलाई जोडेको थियो । अमेरिकातर्फको मुख ढलभित्र भएकोले ३०० मिटरको यो सुरुङ लुकेको थियो । सुरुङ बनाउन कम्तीमा पनि एक वर्ष लागेको हुन सक्ने बताइएको छ ।
गएको हप्ता मात्रै अमेरिकी अधिकारीहरूले यो सुरुङ फेला पारेका थिए । बलियो बनाउन सुरूङलाई काठको खाँबोले टेको दिइएको थियो । उज्यालोका लागि ठाउँ ठाउँमा बत्ती र भेन्टिलेसन पनि थिए । जस्तो खालको सुरुङ भेटियो यस्तो संरचना बनाउन कम्तीमा एक वर्ष लाग्ने अमेरिकी सेनाका अधिकारीहरूले भनेका छन् । यसको निर्माणबारे स्थानीय अधिकारीहरूलाई थाहा थियो कि थिएन भनेर अनुसन्धाताहरूले खोजबिन गरिरहेका छन् ।
डोनाल्ड ट्रम्पले आइतबार अमेरिकाको ४७ औँ राष्ट्रपतिको शपथ लिन लाग्दै गर्दा अमेरिका र मेक्सिको दुबैतिर सीमामा सुरक्षा कडा पारिएको छ । आफ्नो यस कार्यकालमा अवैध रूपमा अमेरिकामा बस्दै आएका आप्रवासीहरूलाई सामूहिक रूपमा देश निकाला गर्ने ट्रम्पले बताएका छन् । मेक्सिकोको सीमाबाट अवैध आप्रवासी अमेरिकामा छिरेको विषयले लामो समयदेखि अमेरिका र मेक्सिकोको सम्बन्धमा तिक्तता पैदा हुँदै आएको छ । गएको वर्ष राष्ट्रपति निर्वाचन अघि ट्रम्पले यो मुद्दालाई जोडतोडका साथ उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण