ट्रम्पपछि मेलनियाले पनि ल्याइन् आफ्नै क्रिप्टोकरेन्सी
वासिङटन डीसी । अमेरिकाको अबकी प्रथम महिला मेलनिया ट्रम्पले आफ्नै क्रिप्टोकरेन्सी लञ्च गरेकी छिन् । आफ्नो श्रीमान डोनाल्ड ट्रम्पले शपथ लिने दिनको पूर्व सन्ध्यामा उनले $मेलनिया लञ्च गरेकी हुन् । आफ्नो श्रीमानले $ट्रम्प क्रिप्टोकरेन्सी लञ्च गरेको एक दिनपछि मेलनिया पनि $मेलनिया लञ्च गरेकी हुन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा पोष्ट गर्दै उनले मेलनिया मेमे ‘लाइभ’ भएको र अब क्रेताहरूले यसलाई किन्न सक्ने बताएकी थिइन् ।
यो सोलाना ब्लकचेनमा बनाइएको क्रिप्टो भएको बताइएको छ । ट्रम्प र मेलनिया दुबैको क्रिप्टो वेबसाइटमा यी क्रिप्टो सिक्का लगानी अवसर वा सुरक्षाका लागि भने नल्याइएको भनिएको छ । क्वाइन मार्केटक्याप वेबसाइटका अनुसार $ट्रम्पको बजार पूँजीकरण ८ अर्ब ७० करोड डलर रहेको छ भने $मेलनियाको बजार पूँजीकरण १ अर्ब ३० करोड डलर छ । ट्रम्पले यसअघि क्रिप्टोकरेन्सीलाई ‘ठगीधन्दा’ भनेका थिए ।
तर २०२४ को चुनावी अभियानमा डिजिटल मुद्रामा पनि दान स्वीकार्ने उनी अमेरिकी राष्ट्रपतिका उनी पहिलो उमेदवार बनेका थिए । नोभेम्बर ५ मा भएको निर्वाचनमा ट्रम्पले जित हात पारेयता विश्वको सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिट्क्वाइनको भाउ गोटाकै १ लाख ४० हजार डलरको उच्च बिन्दुसम्म पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण