ओलीको सत्तारोहणको दिनदेखि नै कुलमानलाई हटाउने प्रपञ्च भइरहेको छः महासचिव गुरुङ
सोमबार, ०७ माघ २०८१, १७ : ४१
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले केपी ओलीको सत्तारोहणको दिनदेखि नै नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउने प्रपञ्च भइरहेको बताएका छन् ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा महासचिव गुरुङले कुलमान हटाउनतर्फ नलाग्न नगर्न चेतावनी दिए । कुलमानको कानुनी तथा संवैधानिक समस्या नभेटेपछि अदालतले पुरानो मुद्दा समय अघि नै पेसी अगाडि तानेकोप्रति आपत्ति जनाए ।
उनले भने, ‘घाटामा गएको प्राधिकरणलाई नाफा र अँध्यारो नेपाललाई उज्यालो दिने कुलमानलाई फाल्न अदालत पनि प्रभावमा पर्न गएको हो कि भन्ने आशंका उब्जियो ।’
उनले आफ्नो पार्टीको सक्रियता सत्ताका लागि नभई सरकारी निरङ्कुशता विरुद्धमा रहेको बताए ।
गुरुङले विधेयकहरूको अध्यादेश जारी गरेर कानुन संशोधन गर्ने विषय गम्भीर विषय भएको भन्दै सरकारको नियतमा नै प्रश्न उठेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण