पूर्वमुख्यमन्त्री थापामाथि हातपात गर्नेविरुद्ध मुद्दा दायर
झापा । नेपाली कांग्रेस कोशी प्रदेश सभापति तथा पूर्वमुख्यमन्त्री उद्धव थापामाथि हातपात गर्नेविरुद्ध मुद्दा दायर भएको छ ।
थापालाई कनकाई नगरपालिका–२, सुरुङ्गामा मुक्का प्रहार गर्ने विद्युत् प्राधिकरण शाखा सुरुङ्गाका कर्मचारी कनकाई–३ निवासी ४२ वर्षीय पृथ्वी श्रेष्ठ र शिवसताक्षी–११ का ४९ वर्षीय भक्तबहादुर कटवालमाथि अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दायर भएको हो ।
उनीहरूलाई अदालतबाट तीन दिनको म्याद लिएर अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरिएको छ ।
नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको पिकनिकसहितको वार्षिक साधारण सभाबाट फर्किंदै गर्दा शनिबार साँझ कनकाई नगरपालिकाको जुके कल्भर्टनजिक थापालाई कुटपिट भएको थियो । बा१झ ६५३ नं. को गाडीमा घर फर्किंदै गरेका अर्जुनधारा–७ निवासी थापामाथि बा१ञ १८७० मा सवार विद्युत् प्राधिकरण सुरुङ्गाका कर्मचारीद्वयले कुटपिट गरेका थिए । कुटपिटबाट थापा घाइते भएर अस्पताल भर्ना भएका थिए । उनको देब्रे आँखामा चोट लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण