रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई बधाई दिँदै युक्रेन युद्धबारे के भने ?

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शपथ ग्रहण गर्नुअघि बधाई दिएका छन् । पुटिनले सोमबार टेलिभिजनमा आफ्नो राष्ट्रिय सुरक्षा परिषद्लाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति ट्रम्पलाई बधाई दिएका हुन् ।
रुससँगको सम्पर्क पुनःस्थापना गर्ने ट्रम्पको चाहना रहेको बताउँदै राष्ट्रपति पुटिनले तेस्रो विश्वयुद्धलाई रोक्नको लागि सम्भव भएसम्म काम गर्ने उनको टिप्पणीबारे पनि सम्बोधनमा उल्लेख गरेका छन् ।
सम्बोधनका क्रममा पुटिनले भने, ‘अवश्य पनि हामी यो अडानलाई स्वागत गर्छौँ र नवनियुक्त अमेरिकी राष्ट्रपतिलाई पदभार ग्रहण गरेकोमा बधाई दिन्छौँ।’
पुटिनले युक्रेन युद्धका सन्दर्भमा ट्रम्प प्रशासनसँग वार्ता गर्न आफू तयार रहेको समेत बताए । पुटिनले अस्थायी युद्धविराम नभई दीर्घकालीन शान्ति हुनुपर्ने आफ्नो अडान रहेको बताउँदै त्यसले सो क्षेत्र र राष्ट्रका सबै मानिसहरूको हितलाई सम्मान गर्नुपर्नेमा जोड दिए ।
‘स्वभाविक रूपमा, हामी रूसको हितको लागि खडा हुनेछौँ’ पुटिनले सम्बोधनका क्रममा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुटिया नदीमा डुबेर एक बालकको मृत्यु
-
क्लब विश्वकप : डर्टमन्ड बराबरीमा रोकियो, रिभर प्लेटको सहज जित
-
कटहरियाको नगरसभाबाट ५४ करोड बजेट पारित
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
नवप्रवर्तनको घोषणा नारामै सीमित : उद्योग मन्त्रालयको बजेट मन्त्रीको क्षेत्रमा खन्याइयो
-
एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै