रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई बधाई दिँदै युक्रेन युद्धबारे के भने ?
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शपथ ग्रहण गर्नुअघि बधाई दिएका छन् । पुटिनले सोमबार टेलिभिजनमा आफ्नो राष्ट्रिय सुरक्षा परिषद्लाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति ट्रम्पलाई बधाई दिएका हुन् ।
रुससँगको सम्पर्क पुनःस्थापना गर्ने ट्रम्पको चाहना रहेको बताउँदै राष्ट्रपति पुटिनले तेस्रो विश्वयुद्धलाई रोक्नको लागि सम्भव भएसम्म काम गर्ने उनको टिप्पणीबारे पनि सम्बोधनमा उल्लेख गरेका छन् ।
सम्बोधनका क्रममा पुटिनले भने, ‘अवश्य पनि हामी यो अडानलाई स्वागत गर्छौँ र नवनियुक्त अमेरिकी राष्ट्रपतिलाई पदभार ग्रहण गरेकोमा बधाई दिन्छौँ।’
पुटिनले युक्रेन युद्धका सन्दर्भमा ट्रम्प प्रशासनसँग वार्ता गर्न आफू तयार रहेको समेत बताए । पुटिनले अस्थायी युद्धविराम नभई दीर्घकालीन शान्ति हुनुपर्ने आफ्नो अडान रहेको बताउँदै त्यसले सो क्षेत्र र राष्ट्रका सबै मानिसहरूको हितलाई सम्मान गर्नुपर्नेमा जोड दिए ।
‘स्वभाविक रूपमा, हामी रूसको हितको लागि खडा हुनेछौँ’ पुटिनले सम्बोधनका क्रममा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण