सरकारले समितिको अवमूल्यन गर्यो : सांसद ढकाल
काठमाडौँ । रास्वपाका सांसद हरि ढकालले संसदीय समितिले दिएका निर्देशन कार्यान्वयनमा बेवास्ता गरेर सरकारले समितिकै अवमूल्यन गरेको टिप्पणी गरेका छन् ।
बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद ढकालले सरकारको बेरुजु र समितिले दिएका निर्देशनहरू कार्यान्वयनका सवालमा समिति नै सरकारको छाया बनेको टिप्पणी गरे ।
‘भुईँ मान्छेहरूले पनि समिति सभापतिको बारेमा चासो राखेका छन् । उनीहरूले सभापति प्रतिपक्षको हुनुपर्छ भनेका छन्’, ढकालले भने,
‘एकातिर सत्तापक्षकै सभापति हुने अनि दिएका निर्देशन कार्यान्वयन नगर्ने प्रवृत्ति छ । यो अवमूल्यनका सवालमा पनि छलफल हुन सक्दैन ।’
उनले ११ खर्ब बेरुजु रहेको अवस्थामा प्रिमियम आइपीओ जारी गर्न हुन्न भनेर समितिले भनेपनि त्यसको बेवास्ता गरिएको बताए । उनले भने, ‘जे हुँदैन भनेको छ अहिले त्यही भइरहेको छ । कार्यकारीले टेर्दै टेर्दो रहेनछ ।’
उनले निर्देशन पालना किन भएन भनेर उत्खनन गर्न किन लागेनौँ ? भन्दै कर्मकाण्डी बैठक र कर्मकाण्डी कुराहरू गरेर समय मात्र बरबाद भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण