नेपाल बार एसोसिएसनले ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनको आयोजना गर्ने
काठमाडौँ । नेपाल बार एसोसिएसनले ५औँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनको आयोजना गर्ने भएको छ । बार एसोसिएसनले मंगलबार पत्रकार सम्मेलन गर्दै आउँदो फागुन ३ देखि ५ गतेसम्म दुई दिन सम्मेलनको आयोजना गर्ने जानकारी दिएको हो ।
सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मानव अधिकारको सहनशीलताःप्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरूको सामना भन्ने विषयवस्तुका मुद्दाहरूलाई सम्मेलनमा सम्बोधन गरिने नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए । नेपालमा पहिलो पटक सम्मेलनको आयोजना गर्न पाउँदा गर्व महसुस भएको अध्यक्ष घिमिरेले बताए ।
विश्वभरका न्यायपालिका, कानुन व्यवसायी, मानवअधिकारकर्मीहरूको सहभागितामा नेपालमा हुने यस सम्मेलनले नेपालको मानवअधिकार संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।
सम्मेलनमा ल एसियाका सदस्य गैरसदस्यगरी २० भन्दाबढी राष्ट्रका १५० सयभन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाउने छन् । सम्मेलनमा मानव अधिकार, आदिवासी जनजाति, समुदायका अधिकारहरू गरी १२ वटा विषयगत सत्रमा छलफल हुने बार एसोसिएसनले जनाएको छ । ल एसियाले कानुनी पेसाको हक हितका लागि आवाज मुखरित गर्ने संस्थाको रूपमा विगत ५० वर्षदेखि काम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण