इण्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो
बुधबार, ०९ माघ २०८१, १० : ५५
इण्डोनेसिया । प्रान्तीय विपद् न्युनिकरण एजेन्सीकाअनुसार मंगलवार इण्डोनेसियाको मध्य जाभा प्रान्तको पेकालोङ्गान क्षेत्रमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
सेन्ट्रल जाभा प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख बर्गास कातुर्सासी पेनाङगुङ्गनले पेटुङक्रियोनो गाउँमा भएको पहिरोमा नौ जनाभन्दा बढी अझै बेपत्ता रहेको बताए ।
पहिरोले १० जनालाई गम्भीर घाइते बनाएको, दुई घरलाई आंशिक रूपमा क्षति पुर्याएको र धेरै सवारी साधनहरू बगाएको बताएका छन् । पेकालोङ्गानमा सोमवार भएको भारी वर्षाका कारण बाढी र पहिरो गएको हो । बेपत्ताहरुको खोजी अझै जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण