अहिलेसम्मकै चकित पार्ने एक एक्स–रे सार्वजनिक, शरीरभरि फित्ते जुकाको अण्डा
काठमाडौँ । अमेरिकामा इमर्जेन्सी रुमका एक डाक्टरले अहिलेसम्मकै चकित पार्ने एक एक्स–रे सार्वजनिक गरेका छन् । उक्त एक्स–रेमा बिरामीको शरीरको तल्लो भागमा फित्ते जुका (टेपवर्म) ले सयौँ अण्डा पारेको देखिन्छ ।
फित्ते जुका सामान्यरुपमा मानिसको आन्द्रामा टाँसेर बस्दछ र त्यहाँबाट शरीरको पौष्टिक तत्त्व सोस्ने गर्छ । तर, जुकाको अण्डा भने खुट्टादेखि मस्तिष्कसम्म मानिसको शरीरको कुनै पनि भागमा यात्रा गर्न सक्छ ।
समयसँगै यी अण्डाहरू ‘क्याल्सिफाई’ हुने भएकाले मांशपेसी वा बोसोमा टाँसिएर बसे पनि ठुलो खतरा भने हुँदैन । यद्यपि, यही अण्डा मस्तिष्कमा पुगेर क्याल्सिफाई भयो भने चाहिँ न्यूरो–सिस्टिसेरकोसिस नामक ज्यानलाई खतरा हुने अवस्था सिर्जना हुन सक्छ ।
साम घाली नाम गरेका कार्डियो भास्कुलर इमर्जेन्सी र इमरजेन्सी रेडियोलोजीका विज्ञ डाक्टरले आफ्नो बिरामीको अनौठो एक्स–रे सामाजिक सञ्जालमा साझा गरेका हुन् । जसमा बिरामीको तल्लोभागमा सयौँ सेतो दागहरू देख्छ सकिन्छ । यी सबै क्याल्सिफाई भएका फित्ते जुकाका अण्डाहरू हुन् जुन बिरामीको शरीरको तल्लो भागमा पुगेका थिए ।
बिरामीले सिस्टिसेरकोसिसबारे कहिले पनि सुनेका थिएनन् । उनको कम्मरमा पिडा भएपछि एक्स–रेका लागि अस्पताल पुगेका थिए ।
सामाजिक सञ्जाल एक्समा लेख्दै यो अवस्थालाई सिस्टिसेरकोसिस भनिने र सेतो देखिएको भाग ‘पोर्क टेपवर्म’ वा टानिया सोलियमको लार्भा भएको जानकारी दिएका छन् । उनले यस्तो अवस्थाबाट बच्न राम्रोसँग नपाकेको माछा वा सुँगुरको मासु नखान सुझाए ।
यस्तै, घटना ब्राजिलको साउ पाउलोमा पनि घटेको थियो । त्यतिबेला पनि यस्तै प्रकारको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण