नेटफ्लिक्सले सब्सक्रिप्सन शुल्क बढाउँदै, अब कति तिर्नुपर्छ ?
वासिङ्टन डिसी । अमेरिकी ओटीटी प्लेटफर्म नेटफ्लिक्सले सब्सक्रिप्सन शुल्क बढाउन लागेको छ । २०२४ को अन्तिम महिनाहरूमा झन्डै १ करोड ९० लाख प्रयोगकर्ता थपिएपछि कम्पनीले अमेरिका, क्यानडा, अर्जेन्टिना र पोर्चुगलमा सब्सक्रिप्सन शुल्क बढाउने भएको हो ।
नेटफ्लिक्समा सुधारका लागि आवश्यक लगानी जुटाइरहन आफूले सब्सक्राइबरहरूलाई बेला बेलामा अलि बढी पैसा तिर्न भन्ने गरेको कम्पनीले भनेको छ ।
कोरियन ड्रामा स्क्विड गेमको दोस्रो सिरिजका साथै इन्फ्लुएन्सरबाट फाइटर बनेका जेक पल र पूर्व वर्ल्ड च्याम्पियन बक्सर माइक टाइसनबीचको बक्सिङ म्याचले पनि कम्पनीको सब्सक्राइबर सङ्ख्या बढाएको बताइएको छ । अमेरिकामा कम्पनीले सबै योजनाको मूल्य बढाएको छ । विज्ञापन रहित सामान्य सब्सक्रिप्सन यस अघिको १५ डलर ४९ सेन्टबाट बढेर मासिक १७ डलर ९९ सेन्टमा पुर्याइनेछ ।
विज्ञापनसहितको सदस्यताको शुल्क भने एक डलर थपेर ७ डलर ९९ सेन्ट बनाइनेछ । यस अघि नेटफ्लिक्सले अमेरिकामा २०२३ को अक्टोबरमा शुल्क बढाएको थियो । २०२४ भर कम्पनीमा कूल ३० करोड सब्सक्राइबर थपिएको भनिएको छ । अक्टोबरदेखि डिसेम्बरको बिचमा नेटफ्लिक्समा ९६ लाख जना मात्रै सब्सक्राइबर थपिने अपेक्षा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण