सरकार आफैँ कालोबजारीको प्रतिनिधि भयो : सांसद सिंह
बुधबार, ०९ माघ २०८१, १२ : ३८
काठमाडौँ । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सरकार आफैँ कालोबजारीको प्रतिनिधि भएको आरोप लगाएका छन् । उनले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा बोल्दै यस्तो आरोप लगाएका हुन् ।
'सरकार कालोबजारीको प्रतिनिधि बन्दै गएको छ । राजस्व सङ्कलन बढाउनका लागि मूल्यवृद्धि नियन्त्रण गर्दैन ।' उनले भने 'राजस्व बढ्यो भने बरु घुस खान सजिलो हुन्छ । मूल्य वृद्धि सरकारले नियन्त्रण गर्ला भनेर विश्वास गर्नुहुँदैन, बरु लेखा समितिबाट एउटा समिति गठन गरौँ र मूल्य निर्धारण गरौँ ।'
नेपालमा उत्पादन हुने कुल सिमेन्टको २५ प्रतिशत निर्माण व्यवसायीले खपत गर्ने र ७५ प्रतिशत जनताले उपयोग गर्ने भएकाले मूल्यवृद्धिको मारमा जनता परेको उनको भनाइ छ । २० प्रतिशत बढी नाफा राखेर बिक्री गर्नु कालोबजारी हुने भए पनि सरकारले बेवास्ता गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण