मूल्य वृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो : जनार्दन शर्मा
बुधबार, ०९ माघ २०८१, १३ : २५
काठमाडौँ । सांसद जनार्दन शर्माले मूल्यवृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्नुपर्ने र समितिमा छलफल गर्न जरुरी नभएको बताएका छन् । उनले बुधवार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा सो कुरा बताएका हुन् ।
‘मूल्यवृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो, समितिको काम होइन,’ उनले भने, ‘यो सरकारले समाधान गर्ने हो । किन ल्याइयो सार्वजनिक लेखा समितिमा ? मूल्य वृद्धिको विषय यहाँ छलफल गर्ने होइन । हाम्रो समय बरबाद भएको छ ।’
मूल्य वृद्धि नियन्त्रण गर्न नसक्नु राज्यको कमजोरी भएको उनले बताए । यस्तै विद्युत् लोडसेडिङ आजबाट हट्नेसमेत बताए । यसैगरी सरकारी स्वामित्वको उद्योगले सिमेन्टको मूल्यवृद्धि गरेको कुरा पनि शङ्कास्पद रहेको उनले बताए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण