अन्नतः सामोआलाई हराउँदै ‘सुपर–६’ चरणमा पुग्यो न्युजिल्यान्ड
काठमाडौँ । अघिल्ला दुई खेलमा निराशाजनक प्रदर्शन गरेको न्युजिल्यान्ड अन्ततः मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुगेको छ । न्युजिल्यान्ड बुधबार सम्पन्न खेलमा सामोआलाई ६७ रनले हराउँदै ‘सुपर–६’ चरणमा पुगेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित १७ ओभरमा नौ विकेट गुमाएर एक सय सात रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सामोआले भने १४.२ ओभरमै अलआउट हुनुअघि ४० रनमात्र बनाउन सक्यो ।
हारसँगै सामोआ उपाधि होडबाट बाहिरियो । समूह ‘सी’ तालिकामा दुई खेलबाट चार अंक जोडेको दक्षिण अफ्रिका पहिलो, समान खेलबाट तीन अंक बटुलेको नाइजेरिया दोस्रो र तीन खेलबाट दुई अंक हात पारेको न्युजिल्यान्ड तेस्रो स्थानमा छन् ।
यी तीनवटै टोली ‘सुपर–६’ चरणमा पुग्ने निश्चित भइसकेको छ । तीन खेल खेलेको सामोआ भने एक अंकसहित चौथो भयो । बुधबार नै दक्षिण अफ्रिका र नाइजेरियाले समूहगत चरणको अन्तिम खेल खेल्दैछन् । उक्त खेलमा विजयी हुने टोली समूह विजेता बन्नेछ ।
जारी प्रतियोगितामा प्रत्येक समूहबाट तीन–तीन टोली ‘सुपर–६’ चरणमा पुग्ने प्रावधान रहेको छ । न्युजिल्यान्डको टोली आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग २२ रनले र दोस्रो खेलमा नाइजेरियासँग दुई रनले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण