चार सयको सिमेन्ट आठसय रुपैयाँ भएको सत्य होइन : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले ४०० को सिमेन्ट ८०० रुपैयाँ भएको सत्यता नभएको बताएका छन् । बुधवार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समिति बैठकमा उनले सिमेन्टको मूल्य वृद्धिबारे उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।
‘उद्योगको मूल्य लागतअनुसार फरक फरक छ । ४०० मूल्यको सिमेन्ट ८०० भएको सत्य होइन । हाल ओपीसीको ६५० र पीपीसी ७५० रुपैयाँसम्म छ,’ उनले भने, ‘५०– ७५ प्रतिशत मूल्य वृद्धि भएको भन्ने पनि सत्यता छैन । यसप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
सिमेन्टको मूल्य वृद्धिको विषयमा ४– ५ पटक छलफल भएको र अन्तिम पटक माघ ६ गते सहमति भएको उनले बताए । ढुवानीमा पनि मूल्य नबढेको तर लोडसेडिङले उत्पादनमा कमी भएको मन्त्री भण्डारीको भनाइ छ ।
‘निर्माण व्यवसायी र उद्योगी दुवैलाई सँगै राखेर र छुट्टाछुट्टै पनि बसेर छलफल गरेका छौँ,’ मन्त्री भण्डारीले भने, ‘उत्पादनमा अभाव र बजारमा अभावको विषयमा उद्योगी र निर्माण व्यवसायीसँगै राखेर, चाँडै टुङ्ग्याउँछौँ ।’ साथै हेटौँडा र उदयपुर सिमेन्ट घाटा खाएर बिक्री भइरहेको समेत मन्त्री भण्डारीले बताए ।
साथै समितिले सिमेन्टको मूल्यवृद्धि नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण