आफूलाई अस्पताल पुर्याउने अटो रिक्सा चालकलाई भेटे सैफले
मुम्बई । सैफ अली खानले उनलाई अस्पताल पुर्याउने अटो रिक्सा चालक भजन सिंह राणालाई भेटेका छन् । समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै भजन सिंह राणाले आफूले मंगलबार अभिनेतालाई भेटेको स्वीकार गरे।
उनले भने, ‘मलाई मंगलबार एक व्यक्तिको फोन आयो र उनले मलाई लीलावती अस्पतालमा बोलाए । म दिउँसो ३:३४ मा त्यहाँ पुगेर सैफ अली खान र उहाँको परिवारलाई भेटेँ। उहाँले मलाई आफ्नो नजिकै बसाउनु भयो र मेरो काँधमा हात राखेर मलाई बधाई दिनुभयो। मैले उहाँकी आमालाई पनि भेटेँ । उहाँले हात जोड्नुभएको थियो तर मैले उहाँको खुट्टा छोएँ। यति ठुलो स्टारको खुट्टा छुँदा मलाई खुसी लाग्यो।’
राणाले थप भने, ‘घटना भएको रात मैले पैसा वा अरू केही सोचिनँ, ज्यान जोगाउनमात्र खोजेको थिएँ।’ यसअघि बान्द्रा प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको थियो ।
भजनसिंह राणाको बहादुरीबारे चर्चा भएपछि उनलाई सहयोग गर्न धेरै व्यक्ति र संस्थाहरू अगाडि बढिरहेका छन् । समाजसेवी फैजान अन्सारीले ११ हजार रुपैयाँ दिएको भजनसिंह रानाले बताए । सैफ अली खानले पनि सहयोगको आश्वासन दिएका छन् ।
गत जनवरी १६ को बिहान मुम्बईको बान्द्रास्थित सैफको घरमा एक व्यक्ति प्रवेश गरे र अभिनेतालाई छुरीले आक्रमण गरी घाइते बनाए। त्यसपछि अटो चालकले घाइते सैफलाई लीलावती अस्पताल पुर्याएका थिए ।
सैफ मंगलबार अस्पतालबाट डिस्चार्ज भएका थिए । अस्पतालबाट बाहिर निस्कँदा उनको हात र घाँटीमा टाँका देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण