ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरमाथि बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनले आदेश दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसर काठमाडौँ समेतलाई प्रतिवादी बनाएर पीडितले दिएको निवेदनमा सुनुवाई गर्दै न्यायाधिशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाले सो आदेश गरेका हुन् ।
अदालतले अनुसन्धान प्रक्रिया ‘अघि बढाउ’ भनेको पीडितको तर्फबाट बहस गरेका बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले रातोपाटीलाई बताए । उनले भने, ‘पीडितको जाहेरी तामेलिमा राख्ने काठमाडौँ प्रहरीको निर्णय बिरुद्धको निवेदनमा सो आदेश भएको हो ।’
२०८० जेठमा आफू महरबाट बलात्कृत भएको भन्दै पीडितले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी थिइन् । सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न इन्कार गरेको थियो । हुलाकबाट पठाएको जाहेरी दर्ता गरेपनि मुद्दा चल्ने अवस्था नभएको भन्दै तामेलीमा राख्ने निर्णय गरेपछि पीडित सो निर्णयविरुद्ध उच्च अदालतमा गएकी हुन् ।
‘तामेली उपर अनुसन्धान हुनुपर्छ’ भन्ने रिट जारी गरेर अदालते अरु दुईवटा रिट खारेज गरेको छ । अरु दुईवटा रिट जाहेरी दर्ता गर्न इन्कार गरेको र जाहेरवालालाई सनाखत नगराएको विषयमा भएको वरिष्ठ अधिवक्ता भण्डारीले बताए ।
डा.भण्डारी भन्छन्– ‘अदालतले तामेलीमा राख्ने प्रहरीको निर्णय उल्टाएर अनुसन्धान गर्नु भनेको हो ।’ २०८० जेठमा उनले पीडितलाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण