मन्त्री यादव र एडीबीका नेपाल प्रतिनिधिबिच छलफल
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव र एसियाली विकास बैङ्क (एडीबी) का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाबिच इन्टीग्रेटर खानेपानी आयोजना (एकीकृत खानेपानी तथा सरसफाइ परियोजना) कार्यान्वयन मोड़ालिटी तयारीसम्बन्धी छलफल भएको छ ।
बुधवार भएको छलफलमा आयोजना कार्यान्वयन मोडालिटी, सुधारिएको सहरी खानेपानी मोडल, र सुधारिएको क्षेत्रीय सहरी विकास परियोजना (आरयूडीपी) मोडललाई प्राथमिकताका साथ अघि बढाउने विषयमा कुराकानी भएको छ ।
खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार, यी परियोजनाका विषयमा दुई वर्षदेखि विषय उठान भए पनि बुधवार मन्त्रालयका अधिकारीहरू र एडिबी प्रतिनिधिहरूबिच विस्तृत छलफल भएको हो ।
छलफलमा एडिबीका निर्देशक आर्नो कोस्वाले नेपालमा खानेपानी लगायतका क्षेत्रमा एडीबीको दीर्घकालीन लगानी र सफलताका उदाहरणहरू प्रस्तुत गर्दै नयाँ परियोजना शीघ्र कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘नयाँ खानेपानी परियोजना लागू गर्न एडीबी पूर्ण रूपमा प्रतिबद्ध छ र यसले नागरिकलाई शुद्ध पानी उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्नेछ’, आर्नो कोस्वाको भनाइ छ ।
त्यसक्रममा मन्त्री यादवले एडिबीको ऋण सहयोगमा नेपालमा सञ्चालित सडक, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता परियोजनाहरूले नागरिक जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताए ।
‘एडीबीको परियोजनाप्रति नेपाली नागरिक सन्तुष्ट छन् । एडीबीको लगानी सफल होस् र खानेपानीको आयोजना समयमा सम्पन्न होस् भन्ने सरकारको मुख्य प्राथमिकता हो,’ मन्त्री यादवको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्नका लागि बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण