मन्त्री यादव र एडीबीका नेपाल प्रतिनिधिबिच छलफल

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव र एसियाली विकास बैङ्क (एडीबी) का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाबिच इन्टीग्रेटर खानेपानी आयोजना (एकीकृत खानेपानी तथा सरसफाइ परियोजना) कार्यान्वयन मोड़ालिटी तयारीसम्बन्धी छलफल भएको छ ।
बुधवार भएको छलफलमा आयोजना कार्यान्वयन मोडालिटी, सुधारिएको सहरी खानेपानी मोडल, र सुधारिएको क्षेत्रीय सहरी विकास परियोजना (आरयूडीपी) मोडललाई प्राथमिकताका साथ अघि बढाउने विषयमा कुराकानी भएको छ ।
खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार, यी परियोजनाका विषयमा दुई वर्षदेखि विषय उठान भए पनि बुधवार मन्त्रालयका अधिकारीहरू र एडिबी प्रतिनिधिहरूबिच विस्तृत छलफल भएको हो ।
छलफलमा एडिबीका निर्देशक आर्नो कोस्वाले नेपालमा खानेपानी लगायतका क्षेत्रमा एडीबीको दीर्घकालीन लगानी र सफलताका उदाहरणहरू प्रस्तुत गर्दै नयाँ परियोजना शीघ्र कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘नयाँ खानेपानी परियोजना लागू गर्न एडीबी पूर्ण रूपमा प्रतिबद्ध छ र यसले नागरिकलाई शुद्ध पानी उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्नेछ’, आर्नो कोस्वाको भनाइ छ ।
त्यसक्रममा मन्त्री यादवले एडिबीको ऋण सहयोगमा नेपालमा सञ्चालित सडक, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता परियोजनाहरूले नागरिक जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताए ।
‘एडीबीको परियोजनाप्रति नेपाली नागरिक सन्तुष्ट छन् । एडीबीको लगानी सफल होस् र खानेपानीको आयोजना समयमा सम्पन्न होस् भन्ने सरकारको मुख्य प्राथमिकता हो,’ मन्त्री यादवको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुक्खाबन्दरगाहबाट रु ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
-
प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित
-
ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु
-
विप्लवको प्रश्न : आयोग बनाउने भत्काउने किन गरिराखेको ?
-
भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन आयोग चाहिन्छ : रास्वपा
-
इजरायल–इरान युद्धबिच नेपालीको सुरक्षामा के गर्दै छ सरकार ?