दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई

भोजपुर । पौवादुङमा गोल्ड कप दोस्रो संस्करणको उपाधि राजगढ फुटबल क्लब झापाले जितेको छ । आज भएको फाइनल खेलमा तिवारी भञ्याङ फुटबल क्बललाई ४–३ गोल अन्तरले पराजित गर्दै राजगढले उपाधि जितेको हो ।
जितसँगै राजगढ फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता तिवारी भञ्याङ फुटबल क्लबले नगद रु दुई लाख ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यही माघ १ गतेबाट सुरु भएको प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका थिए ।
राजगढका श्याम मूर्मु फाइनल खेलको म्यान अफ द म्याच चुनिए । सर्वोकृष्ट खेलाडी तिवारी भञ्याङका उमेश कार्की, उत्कृष्ट गोलरक्षक राजगढका योगेश धिमाल, उत्कृष्ट डिफेन्डर राजगढका धीरेन क्षेत्री, सर्वाधिक गोलकर्ता राजगढका अमित बेसाहारा, उत्कृष्ट मिड फिल्डर राजगढका हेमन्त लिम्बू र वेस्ट राईजिङ खेलाडी आशाहाङ राई घोषित भएको आयोजक समितिका अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिए ।
विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकाससँगै युवा, बालबालिकाको शाररीक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्ड कप आयोजना गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । समापन कार्यक्रमको प्रमुखअथितिका रुपमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमालाई १० अर्ब बजेट, मन्त्रालय अन्तर्गत यस्ता छन् कार्यक्रम
-
आन्दोलन छाडेर राप्रपाका सांसद बजेट भाषणमा सहभागी हुने
-
पूर्वमन्त्री खड्काको निधन
-
ट्रम्पलाई ट्यारिफ धक्का, सङ्घीय अदालतले लगायो प्रतिबन्ध
-
विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !
-
यूईएफए कन्फरेन्स लिगको उपाधि जित्दै इतिहास रच्यो चेल्सीले