गभर्नर अधिकारी भन्छन्– राष्ट्र बैंकको नियमनमा रहेका कुनै पनि संस्थालाई समस्यामा पर्न दिँदैनौं
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियमनमा रहेका कुनै पनि संस्थालाई समस्यामा पर्न नदिने बताएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ६० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी सम्पूर्ण तथ्यांक राष्ट्र बैंकसँग हुने गरेको भन्दै त्यसलाई व्यवस्थापन गर्ने जिम्मेवारी पनि राष्ट्र बैंकको भएको बताए । ‘राष्ट्र बैंकले रेगुलेट गरेको कुनै पनि संस्थालाई हामी समस्यामा पर्न दिँदैनौं । यो हाम्रो एक खालको प्रत्याभूति नै हो । त्यसै हिसाबले नै हाम्रो रिसोर्सेसहरु परिचालन भएको छ । निरीक्षण गर्छौं, सुपरिवेक्षण गर्छौं, नियमन गर्छौं,’ उनले भने ।
गभर्नर अधिकारीले बाहिरका हल्लाका पछाडि नलाग्न समेत आग्रह गरे । ‘बैंक वित्तीय संस्थाहरुमा उतारचढाव आउँछन् । नआउने हैन । त्यसलाई हामीले स्वभाविक रुपमा लिनुपर्छ । तर, अप्ठ्यारो परेको बेला कसरी म्यानेज गरिन्छ, त्यो कुरा महत्वपूर्ण हो । यो मामिलामा नेपाल राष्ट्र बैंक एकदमै सचेत छ । हामीले प्रत्येक वित्तीय संस्थाहरुलाई नजिकबाट हेरिरहेका छौं,’ उनले भने ।
कोही कसैको स्टाटस अलिकति तलमाथि हुनु त्यो स्वभाविक रहेको उनको भनाइ छ । अहिले बैंकहरुको निष्क्रिय कर्जा अनुपात (एनपीएल) अरू मुलुकहरुको तुलनामा त्यति धेरै नराम्रो नभएको समेत उनको भनाइ छ ।
उनले संस्थागत सुशासनको इस्यु भएका बैंकलाई कारबाही गर्ने र अन्य कारणले समस्यामा परेका कार्यलाई रिजोलुसनका उपाय गर्ने भन्दै समग्र निक्षेपकर्तालाई निश्चिन्त रहन आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण