नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला निर्वाचित
काठमाडौँ । नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला निर्वाचित भएका छन् । बिहीबार महाधिवेशन प्रतिनिधिले उनलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको नवनिर्वाचित केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए ।
लोहनीका अनुसार महाधिवेशन बन्दसत्र हलले ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । केन्द्रीय सदस्यमा उदयबहादुर चलाउने, गुणराज लोहनी, प्रकाश धमला ‘गम्भीर’, शरद रसाइली ,दीपेन्द्र चलाउने, अनन्त केसी, मिलन राई, तिलक पुन, सागर लिम्बु ,नरेन्द्र विश्वकर्मा, गोकुल पराजुली,लोकेन्द्र विश्वकर्मा ‘सुजन आयाम’,वीरेन्द्र शाह, झलक विश्वकर्मा, हरिष भट्ट, सङ्गम आरसी, डिडि पाण्डे, रुपा बुढामगर, कुमाल सिलवाल ‘दिल’, अमृत केसी, गौरी मण्डल, हरि चन्द, रेखा खनाल, अञ्जना तामाङ (मकवानपुर), रोजन रखाल (भक्तपुर), प्रेमबहादुर चलाउने ‘अनन्त’, कृष्ण शाह ‘परिवर्तन’, शक्ति परियार (बर्दिया) निर्वाचित भएका छन् ।
त्यस्तै निर्मल राई, बाबुराम गजमेर ‘आजाद’, उषाकिरण आजाद, रामबहादुर तिरुवा, कमल बुढा, डिबि बुढाथोकी, गणेश रैकाल, तेपन्द्र टिमिल्सैना, अर्जुन दयाल (कञ्चनपुर), प्रेमप्रकाश ओली, ‘धमिल’, यमराज खडका, दर्शन नेपाली, विक्रम पौडेल, अमर खडका, कुमार राईसहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
माघ ५ गतेदेखि टियुमा सञ्चालन भएको महाधिवेशनमा ८५० प्रतिनिधि सहभागी थिए । महासचिव बास्तोलाले पेस गरेको राजनीतिक दस्ताबेज र संगठनात्मक प्रतिवेदन सर्वसम्मत पास भएको लोहनीले बताए । साउन १ गते क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएपछि नेकपा बहुमतले ९ औँ महाधिवेशन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण