रुस–युक्रेन युद्धमा ट्रम्पले किन लिए चीनको नाम ?
वासिङ्टन डीसी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सम्झौतामा सहमत भएको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् । ट्रम्पले केही आदेशमा हस्ताक्षर गरेपछि ओभल अफिसमा पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।
यस क्रममा उनलाई युक्रेन युद्धबारे सोधिएको थियो र यो द्वन्द्वमा चीनले के योगदान दिन सक्छ भन्ने बारेमा पनि सोधिएको थियो । जवाफमा ट्रम्पले चीनको बारेमा भने, ‘रुसमाथि उसको धेरै प्रभाव छ । रूसले चीनलाई ऊर्जा आपूर्ति गर्छ र मैले सुनेको छु कि पुटिन मसँग भेट्न चाहन्छन् ।’
‘यो युद्धलाई अन्त्य गर्नु नै राम्रो हुनेछ, यो बेकारको युद्ध हो ।’ अझ अगाडि उनले भने । यदि भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध समाप्त गरेनन् भने, उनले रुसमाथि कडा प्रतिबन्ध लगाउने ट्रम्पले हालै चेतावनी दिएका थिए । युद्ध अन्त्य गर्न दबाब दिएर पुटिनमाथि उल्टै कृपा गरिरहेका पनि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका थिए ।
यसको जवाफमा रुसले चाँहि समान सर्तहरूमा र पारस्परिक सम्मानका साथ वार्ताका लागि तयार रहेको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण