बजेटको एक चौथाइ कमाउन पनि कंगनाको इमर्जेन्सीलाई सकस
नयाँ दिल्ली । बलिउड अभिनेत्री तथा भाजपाकी सांसद कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’लाई बक्स अफिसमा टिक्न मुस्किल भइरहेको छ । ओपनिङ डेदेखि नै हालसम्म दर्शकलाई तान्न फिल्मलाई गाह्रो भइरहेको थियो ।
रिलिज अघि पनि फिल्मले निकै अप्ठ्यारा र विवादको सामना गर्नु परेको थियो । बक्स अफिसमा पनि फिल्मले निराशा हात पारेको छ ।
रिलिज भएको सातौँ दिनमा फिल्मले बक्स अफिसमा एक करोड भारु कलेक्शन गरेको छ । पहिलो हप्ताभर फिल्मले १४ करोड ४१ लाख भारु कूल कमाई गरेको छ । ओपनिङ डेमा फिल्मले साढे २ करोड भारु कमाएको थियो । तर दिनहुँ जस्तो यो रकम घट्दै गइरह्यो । फिल्मले सबैभन्दा धेरै कमाई रिलिजको पहिलो सप्ताहन्तमा ४ करोड २५ लाख कमाएको थियो ।
यसपछि भने बिस्तारै फिल्मको कमाई घट्दै गयो । फिल्म ६० करोड भारुमा बनेको थियो । यस अर्थमा फिल्मले अहिलेसम्म बजेटको एक चौथाइ मात्रै कमाउन सकेको छ । इमर्जेन्सीले कंगनाको फ्लप फिल्मको शृङ्खला तोड्ने अनुमान गरिएको थियो । तर यो फिल्मबाट पनि कंगनाले निराशा मात्रै हात पारेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण