बजेटको एक चौथाइ कमाउन पनि कंगनाको इमर्जेन्सीलाई सकस

नयाँ दिल्ली । बलिउड अभिनेत्री तथा भाजपाकी सांसद कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’लाई बक्स अफिसमा टिक्न मुस्किल भइरहेको छ । ओपनिङ डेदेखि नै हालसम्म दर्शकलाई तान्न फिल्मलाई गाह्रो भइरहेको थियो ।
रिलिज अघि पनि फिल्मले निकै अप्ठ्यारा र विवादको सामना गर्नु परेको थियो । बक्स अफिसमा पनि फिल्मले निराशा हात पारेको छ ।
रिलिज भएको सातौँ दिनमा फिल्मले बक्स अफिसमा एक करोड भारु कलेक्शन गरेको छ । पहिलो हप्ताभर फिल्मले १४ करोड ४१ लाख भारु कूल कमाई गरेको छ । ओपनिङ डेमा फिल्मले साढे २ करोड भारु कमाएको थियो । तर दिनहुँ जस्तो यो रकम घट्दै गइरह्यो । फिल्मले सबैभन्दा धेरै कमाई रिलिजको पहिलो सप्ताहन्तमा ४ करोड २५ लाख कमाएको थियो ।
यसपछि भने बिस्तारै फिल्मको कमाई घट्दै गयो । फिल्म ६० करोड भारुमा बनेको थियो । यस अर्थमा फिल्मले अहिलेसम्म बजेटको एक चौथाइ मात्रै कमाउन सकेको छ । इमर्जेन्सीले कंगनाको फ्लप फिल्मको शृङ्खला तोड्ने अनुमान गरिएको थियो । तर यो फिल्मबाट पनि कंगनाले निराशा मात्रै हात पारेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत सुत्केरीको सङ्ख्या बढाउन नगरपालिकाको ‘कोसेली’
-
९७ वर्षमा लालुदेवीले पाइन् नागरिकता
-
भारतले कच्चा तेलमा भन्सार शुल्क घटायो, नेपालमा कस्तो पर्ला असर ?
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति