अखिल क्रान्तिकारी निर्वाचन
अखिल क्रान्तिकारीको ३३ पदाधिकारीका लागि १५५ जनाको उम्मेदवारी
शुक्रबार, ११ माघ २०८१, १८ : ५५

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनको शनिबार(भोलि) हुने ३३ पदाधिकारीका लागि १५५ जनाले उम्मेदवारी दिएका छन् । भावी अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका छन् ।
९ उपाध्यक्ष पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै एक महासचिवका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।
९ उपमहासचिवका लागि ३६ जना, १२ सचिवका लागि ५८ जना र एक कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । अखिल क्रान्तिकारीको ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य पदका लागि दिएका उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको छ ।
निर्वाचन समितिका अनुसार शनिबार बिहान ९ देखि अपराह्न ४ बजेसम्म सातै प्रदेशमा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
आज यस्तो छ विदेशी मुद्राको मूल्य ?
-
युक्रेन युद्ध अन्त्यको पहल समेत साउदीबाटै हुने
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी