अखिल क्रान्तिकारी निर्वाचन
अखिल क्रान्तिकारीको ३३ पदाधिकारीका लागि १५५ जनाको उम्मेदवारी
शुक्रबार, ११ माघ २०८१, १८ : ५५
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनको शनिबार(भोलि) हुने ३३ पदाधिकारीका लागि १५५ जनाले उम्मेदवारी दिएका छन् । भावी अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका छन् ।
९ उपाध्यक्ष पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै एक महासचिवका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।
९ उपमहासचिवका लागि ३६ जना, १२ सचिवका लागि ५८ जना र एक कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । अखिल क्रान्तिकारीको ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य पदका लागि दिएका उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको छ ।
निर्वाचन समितिका अनुसार शनिबार बिहान ९ देखि अपराह्न ४ बजेसम्म सातै प्रदेशमा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण