युवाहरूमा नकारात्मक प्रवृत्ति हाबी भयो : नगरप्रमुख ढकाल
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले पछिल्लो समय युवाहरूमा नकारात्मक प्रवृत्ति हाबी भएको बताएकी छन् । आफू केही नगर्ने तर सामाजिक सञ्जालमा देशमा केही भएन भनेर गाली गर्ने प्रवृत्ति हाबी भएको उनको भनाइ छ ।
शुक्रबारदेखि वीरेन्द्रनगमा आयोजित युवा महोत्सवमा बोल्दै उनले भनिन्, ‘युवाहरूलाई निराशाको खेती गरेर नागरिकलाई पछि धकेल्ने काम गर्न हुँदैन ।’
राज्यले के गरेको छ भनेर निराशा छर्ने काम भएको ढकालको भनाइ छ । कोभिडजस्तो भयावह अवस्थामा पनि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीले नागरिकको सुरक्षाका लागि फ्रन्टलाइनमा आएर राज्यप्रतिको दायित्व पुरा गरेको उदाहरण प्रस्तुत गर्दै युवाहरूले समाजलाई भ्रम छर्ने खालका गतिविधिमा नलाग्न उनले आग्रह गरिन् ।
राम्रा पक्षलाई उजागर गर्ने र गल्ती कमजोरीलाई सच्याउन आग्रह गर्नुपर्ने उनको भनाइ छ । ‘अहिलेको युवाहरूमा केही समस्या छन्, फेसबुक लाइभमा बसेर समय खेर फालिरहेका छन्,’ उनले अगाडि थपिन्, ‘घरमा बसेर फेसबुकमा गाली गरेर हैन, सृजनशील बन्नुपर्छ, उद्यमशील बन्नुपर्छ ।’ जो व्यक्तिको मनमा सधैँ निराशा हुन्छ, त्यस्तो व्यक्तिबाट समाज रूपान्तरण सम्भव नहुने पनि उनको भनाइ छ । युवा वर्गमा आशावादी कुराका विषयमा बहस हुन आवश्यक रहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण