टीभीएस मोटरद्वारा स्किल फेस्टको आयोजना
काठमाडौँ । टीभीएस मोटर कम्पनीले काठमाडौँमा राष्ट्रिय स्तरको सीप प्रतियोगिता आयोजना गरेको छ । जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्नीसियनहरूले सहभागिता जनाएका हुन् ।
उनीहरूले प्रतियोगितामा टीभीएस मोटर्सले आफ्ना टेक्निसियनहरूको क्षमता वृद्धि गर्दै अटोमोटिभ उद्योगमा आफ्नो नेतृत्वलाई थप बलियो बनाउने प्रतिबद्धताको प्रतिनिधित्व गर्दै मोटरसाइकल प्रविधिको क्षेत्रमा आफ्नो सीप र ज्ञानको बेजोड प्रदर्शनी गरेका छन् । यी शीर्ष ३० टेक्निसियनहरू मध्य बाट पनि उत्कृष्ट ५ को छनोट गरिने र तिनले भारतको बेंगलोरमा टीभीएस मोटर कम्पनीद्वारा आयोजित हुने एसिया स्तरको सीप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
प्रतियोगितामा जटिल डायग्नोस्टिक र मर्मत चुनौतीहरूको शृङ्खलाले टेक्नीसियनहरूको समस्या समाधान गर्ने क्षमता, टीभीएस मोटरसाइकलको उन्नत प्रविधिहरूको ज्ञान, र ग्राहक सेवा सीपहरूको परीक्षा लिइएको थियो । प्रतियोगिता, सहभागीहरूको प्राविधिक दक्षता प्रदर्शन गर्नका लागि मात्र नभई सहकर्मी र उद्योगकै अग्रणीहरूसँग प्रत्यक्षरुपमा सिक्ने उल्लेखनीय अवसर पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण