ला लिगामा रियालको शानदार जित, टिमका लागि एम्बाप्पेको पहिलो ह्याट्रिक
आइतबार, १३ माघ २०८१, ०६ : ०७
काठमाडौं । स्पेनिस ला लिगामा शीर्ष क्लब रियाल मड्रिडले शानदार जित निकालेको छ । शनिबार राती भएको खेलमा रियालले रियाल भालाडोलिडलाई ३-० ले हरायो ।
केलियन एम्बाप्पेको ह्याट्रिक मद्दतले रियालले अग्रता थप बलियो बनायो । एम्बाप्पेले एकलौटी ३० औं, ५७ औं र ९१ औं मिनेटमा गोल गरे । एम्बाप्पेले रियालका लागि भने आफ्नो पहिलो ह्याट्रिक दर्ज गरेका हुन् ।
एम्बाप्पेले सिजन १५ लिग गोल पूरा गर्दा सबै प्रतियोगितामा २२ गोल गरेका छन् । यो जितसँगै रियालले चार अंकको अग्रता लिएको छ । उसको २१ खेलबाट ४९ अंक भएको छ भने दोस्रो स्थानको एटलेटिको मड्रिडको ४५ अंक छ । बार्सिलोना भने ३९ अंकसहित तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण