कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले उठाएका प्रश्नको नेता र मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबारसम्म चल्ने भएको छ ।
आइतबार संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा संसद्को हिउँदे अधिवेशन, सरकारले गरिरहेका काम कारबाहीहरू र अध्यादेश, उच्चस्तरीय संयन्त्रको आवश्यकताका विषयमा सांसदहरूलाई जानकारी दिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । उनले बैठकमा सदनमा दरिलो उपस्थितिको रणनीतिका विषयमा पनि छलफल भएको उल्लेख गरे । उनले आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरू र सरकारले ल्याएका अध्यादेशमाथि सांसदहरूको समेत धारणा सुन्दै मन्त्री र पार्टीका नेताहरूले जवाफ दिएपछि सोमबार टुंगोमा पुगिने बताए ।
प्रमुख सचेतक घिमिरेले बैठकमा गृहमन्त्रीबाट सरकारले गरिरहेका काम कारबाहीहरू र अध्यादेशका विषयमा सांसदहरूलाई प्रष्ट पारेको जानकारी दिए । उनले उच्चस्तरीय संयन्त्रको आवश्यकता र त्यसले गरेको कामको बारेमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको उल्लेख गरे । उनले बैठकमा तीन जना विज्ञहरूले सांसदहरूलाई सरकारले ल्याएको अध्यादेश र अध्यादेशमा आएका ऐनहरूको अन्तरबस्तुको विषयमा प्रकाश पार्ने काम समेत भएको बताए । उनले पार्टीभित्र धेरै विषयका वादविवाद भएपनि पार्टीले गरेको निर्णयलाई कार्यान्वयन गर्न काँग्रेसका नेताहरूले बोकेर हिँड्नुपर्ने कर्तव्य भएको बताए ।
उनले भने,‘आज विशेषगरी बैठकको उद्देश्यका विषयमा प्रकाश पारियो । गृहमन्त्रीबाट सरकारले गरिरहेका काम कारबाहीहरू र अध्यादेशका विषयमा सांसदहरूलाई प्रष्ट पार्नुभयो । उच्चस्तरीय संयन्त्रको आवश्यकता र त्यसले गरेको कामको बारेमा गगन थापाले प्रस्तुत गर्नुभयो । तीन जना विज्ञहरूले अध्यादेशमा आएका ऐनहरूको अन्तरवस्तुको विषयमा प्रकाश गर्नुभयो । अध्यादेशको आवश्यकता र अध्यादेशका कन्टेनहरु केके र समस्याका विषयमा खुलेर छलफल भएको छ । भोलिको बैठकमा सांसदहरूले बोल्ने क्रम सुरु हुन्छ । त्यसपछि मन्त्री र नेताहरूले जवाफ दिनेछन् ।’
प्रमुख सचेतक घिमिरेले आगामी संसद् बैठकमा सत्ता पक्ष र प्रतिपक्षको सहमतिकै आधार विधेयकहरू बनाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्धको जन्ममितिकै आधारमा बुद्धजयन्ती मनाउनुपर्छ : डा.अञ्जान शाक्य
-
जम्मू कश्मीरमा सेनाको गाडी खोँचमा खस्यो, तीन सैनिकको मृत्यु
-
‘एल क्लासिको’ अघि बार्सासँग दुरी घटायो रियलले
-
तीनकुने घटना : रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
-
गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी
-
डाइभर्सनमा प्रयोग भएको ह्युमपाइपनै बगाएपछि कान्ति लोकपथ पुनः अवरुद्ध