प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको साढे ६ अर्ब रुपैयाँ अनुदानमा खर्च
आइतबार, १३ माघ २०८१, १८ : २६

काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पाँच वर्षमा साढे ६ अर्ब रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्ममा ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार रुपैयाँ परियोजनाले अनुदानमा खर्च गरेको हो ।
सो रकमबाट १ लाख ४१ हजार ६७० किसान लाभान्वित भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दाबी छ । आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब २१ करोड ४९ लाख ३१ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, आव २०७९/२०८० मा १ अर्ब ४१ करोड २३ लाख रुपैयाँ खर्च भएको हो ।
यस्तै, आव २०७८/०७९ मा १ अर्ब ३५ करोड ९४ लाख रुपैयाँ अनुदानमा खर्च गरेको छ । आव २०७७/२०७८ मा १ अर्ब ३९ करोड ०७ लाख रुपैयाँ छ । यस्तै, आयोजनाले आव २०७६/७७ मा १ अर्ब २४ करोड १२ लाख रुपैयाँ अनुदानमा खर्च गरेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची