प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको साढे ६ अर्ब रुपैयाँ अनुदानमा खर्च
आइतबार, १३ माघ २०८१, १८ : २६
काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पाँच वर्षमा साढे ६ अर्ब रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्ममा ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार रुपैयाँ परियोजनाले अनुदानमा खर्च गरेको हो ।
सो रकमबाट १ लाख ४१ हजार ६७० किसान लाभान्वित भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दाबी छ । आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब २१ करोड ४९ लाख ३१ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, आव २०७९/२०८० मा १ अर्ब ४१ करोड २३ लाख रुपैयाँ खर्च भएको हो ।
यस्तै, आव २०७८/०७९ मा १ अर्ब ३५ करोड ९४ लाख रुपैयाँ अनुदानमा खर्च गरेको छ । आव २०७७/२०७८ मा १ अर्ब ३९ करोड ०७ लाख रुपैयाँ छ । यस्तै, आयोजनाले आव २०७६/७७ मा १ अर्ब २४ करोड १२ लाख रुपैयाँ अनुदानमा खर्च गरेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण