दलको बैठकमा लेखकले भने– कम्परमाइज गर्नुपर्छ‚ हामीले भनेको सबै लागू हुँदैन
आइतबार, १३ माघ २०८१, १८ : ३९

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारबारे ब्रिफिङ गरेका छन् ।
आइतबार बसेको बैठकमा उनले एकल सरकार जस्तो सहज गठबन्धन सरकार नहुने भन्दै कम्परमाइज गर्नुपर्ने धारणा राखेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।
‘एकल सरकार हुँदा जस्तो हुँदैन‚ गठबन्धन सरकार संवेदनशील हुन्छ भनेर उहाँले भन्नुभयो‚’ ती सांसदले भने‚ ‘यसलाई बिग्रन नदिने र सहकार्यमा रहेको दलसँग सम्बन्ध निर्धारण गर्नुपर्ने कुरा उहाँले गर्नुभयो । साथै उहाँले आफूले भनेको मात्र नहुने भन्दै कम्परमाइज गर्नुपर्ने धारणा राख्नुभयो।’
ती सांसदका अनुसार गृहमन्त्री लेखकले जति पनि काम भएका छन् सबै सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच सरसल्लाह भएरै भइरहेको र सरकार ठिक गतिमा अघि बढिरहेको दाबी लेखको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले अर्घाखाँचीको विमानस्थल निर्माण अधुरो
-
स्वेच्छाले अमेरिका छाड्ने अवैध आप्रवासीलाई हजार डलर दिँदै छन् ट्रम्प
-
विराट कोहलीलाई ‘जोकर’ र उनका समर्थकलाई ‘महाजोकर’ भनेपछि गायक राहुल विवादमा
-
हमास हमलाको जाँच गर्न इजरायली क्याबिनटले गर्यो अस्वीकार
-
पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या
-
श्रीलङ्कामा स्थानीय निर्वाचनका लागि सुरु भयो मतदान