दलको बैठकमा लेखकले भने– कम्परमाइज गर्नुपर्छ‚ हामीले भनेको सबै लागू हुँदैन
आइतबार, १३ माघ २०८१, १८ : ३९
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारबारे ब्रिफिङ गरेका छन् ।
आइतबार बसेको बैठकमा उनले एकल सरकार जस्तो सहज गठबन्धन सरकार नहुने भन्दै कम्परमाइज गर्नुपर्ने धारणा राखेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।
‘एकल सरकार हुँदा जस्तो हुँदैन‚ गठबन्धन सरकार संवेदनशील हुन्छ भनेर उहाँले भन्नुभयो‚’ ती सांसदले भने‚ ‘यसलाई बिग्रन नदिने र सहकार्यमा रहेको दलसँग सम्बन्ध निर्धारण गर्नुपर्ने कुरा उहाँले गर्नुभयो । साथै उहाँले आफूले भनेको मात्र नहुने भन्दै कम्परमाइज गर्नुपर्ने धारणा राख्नुभयो।’
ती सांसदका अनुसार गृहमन्त्री लेखकले जति पनि काम भएका छन् सबै सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच सरसल्लाह भएरै भइरहेको र सरकार ठिक गतिमा अघि बढिरहेको दाबी लेखको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण