ला लिगामा बार्सिलोनाको गोल वर्षा, भ्यालेन्सिया ७-१ ले स्तब्ध
सोमबार, १४ माघ २०८१, ०४ : ०२
काठमाडौ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले गोल वर्षा गरेको छ । आइतबार राती भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध गोलवर्षा गरेको हो । घलेरलु मैदानमा बार्साले भ्यालेन्सियालाई ७(१ गोल अन्तरले हरायो ।
पहिलो हाफ अघि नै बार्सिलोनाले ५ गषेल गरिसकेको थियो । पहिलो हाफ लगत्तै ह्यूगो डुरोले एक गोल फर्काउँदा भ्यालेन्सियाले ७५औं मिनेटमा बार्सिलोनालाई एक आत्मघाती गोल उपहार दियो ।
बार्सिलोनालाई फराकिलो जित दिलाउन लोपेजले दुई गोल गर्दा, डी जोङ, टोरेस, राफिन्हा र लेवान्डोस्कीले एक–एक गोल गरे । यो जितसँगै बार्सिलोनाको २१ खेलबाट ४२ अंक भएको छ भने दोस्रो स्थानको एटलेटिको मड्रिडसँग दुरी छोट्टिएको छ ।
दोस्रो स्थानको एटलेटिकोको ४५ अंक छ भने शीर्ष स्थानको रियाल मड्रिडको समान खेलबाठ ४९ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण