ट्रम्पको कडाइपछि कोलम्बियाको ‘यु–टर्न’, निर्वासित नागरिकलाई राष्ट्रपतिको विमानबाट फिर्ता ल्याइने
बोगोता । अमेरिकाले कडाइ गरेपछि कोलम्बिया सरकारले आफ्ना निर्वासित नागरिकहरूलाई फिर्ता लैजाने निर्णय गरेको छ । राष्ट्रपतिको विमान पठाएर होन्डुरसबाट निर्वासित आफ्ना नागरिकहरूलाई सम्मानपूर्वक फिर्ता ल्याइने कोलम्बियाले भनेको छ ।
यसअघि उसले आफ्ना निर्वासित नागरिकहरूलाई फिर्ता लिन अस्वीकार गरेको थियो । यसबाट क्रुद्ध भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाविरुद्ध २५ प्रतिशत आपत्कालीन कर लगाउने र अन्य प्रतिशोधात्मक कदम चाल्ने घोषणा गरेका थिए ।
ट्रम्पको यस्तो चेतावनीपछि कोलम्बियाली सरकारले आफ्नो निर्णय परिवर्तन गर्नुपरेको ठानिएको छ । कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले निर्वासित नागरिकहरूलाई सम्मानका साथ फिर्ता ल्याउने निर्णय गरेका छन् । अमेरिकाबाट निर्वासित नागरिकहरूलाई फिर्ता ल्याउन कोलम्बियाली सरकारले एक विशेष टोली पनि गठन गरेको छ ।
यसको एक दिनअघि मात्र पेट्रोले अमेरिकामा अवैध रूपमा बसोबास गर्ने कोलम्बियाली नागरिकहरूलाई बोकेको अमेरिकी सैन्य विमानहरूलाई कोलम्बिया उडान गर्न प्रतिबन्ध लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण