१०.६१ अंकले घट्दै २६३३ बिन्दुमा नेप्से, ८ अर्ब ९२ करोडको कारोबार
काठमाडौँ । सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) घटेको छ । १०.६१ अंकले बजार घट्दा परिसूचक २६३३ बिन्दुमा ओर्लिएको छ ।
सोमबार ८ अर्ब ९२ करोड ४० लाखको कारोबार भएको छ । सोमबार कुल ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
सोमबार १०५ कम्पनीको मूल्य बढेको छ । यसमध्ये न्याग्दी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्स कम्पनी, ग्रिन डेभलप्मेन्ट बैंक र सामुदायिक लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो ।
सोमबार १२९ कम्पनीको मूल्य घट्यो । यसमा सप्तोकोशी विकास बैंक, उपकार लघुवित्त, धौलागिरि लघुवित्त लगायत कम्पनीका लगानीकर्ता सबैभन्दा धेरै गुमाउनेमा परेका छन् । सोमबार ९ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
सोमबार फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ । यो उपसमूह ३.४६ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण