‘बाकावीर’ र ‘लोकराज’लाई शहीद घोषणा गर्न सिफारिस
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बाकावीर र लोकराज ढकाललाई शहीद घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अछामको ककड शान्ता मोतिपुरकोट जन्मेका बलदेव शाह (बाकावीर) र कैलालीको लम्कीचुहा नगरपालिका –४ कौवापुरका लोकराज ढकाललाई शहीद घोषणाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री कमल बहादुर शाहले बाकावीर र लोकराज ढकालको योगदानको कदर गर्दै मन्त्रिपरिषदबाट सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । बाकावीरलाई जिल्ला समन्वय समिति अछामको सिफारिस र ढकाललाई लम्की चुहा नगरपालिकाको सिफारिसको आधारमा पनि उनीहरूको योगदानको कदर गर्दै मन्त्रिपरिषदबाट पनि सिफारिस गरी गृह मन्त्रालयमा पठाउने निर्णय गरेको उनले बताए ।
बाँकावीरलाई राणाहरूले अछामी जनतामाथि गरेको अत्याचारविरुद्ध बहादुरीपूर्ण लडाइँमा सहादत प्राप्त गरेको बताइन्छ । सामान्य जीवनमा पनि कसैले बहादुरका साथ काम सम्पन्न गरे उसलाई यो बाकाबीर हो भन्ने गरिन्छ । वि.सं. १९०६ सालमा बाकावीरले राणाविरुद्ध विद्रोह गर्न खोजेको इतिहासकार बताउँछन् ।
त्यस्तै, कैलालीको कौवापुरका लोकराज ढकाललाई सशस्त्र द्वन्द्वताका सुदूरपश्चिममा विद्रोही पक्षबाट मारिने पहिलो व्यक्तिको रूपमा लिइन्छ । उनलाई २०५५ माघ ४ गते घरमा सुतिरहेको अवस्थामा बिद्रोही माओवादी पक्षबाट हत्या गरिएको थियो । उनी तरण दल कैलालीका सदस्य पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण