पाथीभरा घटना : सरकारले दमन गरेको भन्दै आन्दोलनको घोषणा
काठमाडौँ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले माघ १२ गते सशस्त्र प्रहरीले निहत्था जनतामाथि बरबर दमन गरेको भन्दै त्यसको विरोधमा आन्दोलन घोषणा गरेको छ । सोमबार सो समितिले एक विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेको हो ।
विज्ञप्तिमा २०८१ माघ १३ गतेका लागि शान्तिपूर्ण जनप्रदर्शनको तयारी गरिरहेका बेला माघ १२ गते बेलुकी फुङलिङ नपा ११ स्थित बलुडाँडामा सशस्त्र प्रहरीले निहत्था जनतामाथि दमनचत्र चलाएको आरोप लगाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘धार्मिक स्थललाई युद्ध मैदानमा परिणत गरी ताप्लेजुङलाई अशान्त बनाइएको छ । दलाल माफियाद्वारा पालित पोषित नस्लवादी राज्यको यो क्रूर दमन चक्रको मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समिति घोर आपत्ति, निन्दा र भर्त्सना गर्दछ ।’
सो समितिले ५ बुँदे आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । जसमा २०८१ माघ १५ गतेदेखि अनिश्चितकालीन मेची राजमार्ग, तमोर करिडोर, तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरू र ताप्लेजुङभित्र यातायात बन्द गरिने, पाथीभरा क्षेत्र विकास समिति खारेज गरिनुपर्ने लगायतका माग राखिएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण