राजामौलीको फिल्ममा जोन अब्राहमको इन्ट्री
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता महेश बाबु र एसएस राजामौलीको आगामी फिल्म एसएसएमबी २९ को चर्चा जारी छ । फिल्मको स्टारकास्टबारे बाहिर आएको जानकारीअनुसार प्रियंका चोपडापछि फिल्ममा अर्का बलिउड कलाकारको इन्ट्री भएको छ । फिल्ममा यस अघि पृथ्वीराज सुकुमारनको चर्चा चलेको थियो ।
तर अब सो स्थानमा जोन अब्राहम भित्रिएको खबर आएको छ । मिडिया रिपोर्टका अनुसार जोन अब्राहमका कारण पृथ्वीराज सुकुमारन एसएस राजामौलीको फिल्म एसएसएमबी २९ बाट बाहिरिएका छन् । मेकरहरूले उक्त भूमिकाका लागि पृथ्वीराजलाई नै लिन खोजेका थिए । तर अब भने पृथ्वीराजको ठाउँमा जोन अब्राहमलाई लिइएको खबर आएको छ ।
केही दिनअघि फिल्मको छायांकनको लागि महेश बाबुसँगै प्रियंका हैदराबाद पुगेकी थिइन् । फिल्मका लागि प्रियंका चोपडाले जोनसँग पनि हैदराबादमा धेरै दृश्यहरू छायांकन गर्ने बताइएको छ । प्रियंका र महेश बाबुले फिल्ममा आ–आफ्नो भूमिकाको छायांकन सुरु गरिसकेका छन् । जोन पनि चाँडै नै उनीहरूसँग जोडिने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण