तृषाले इतिहास रचेको खेलमा भारतको सहज जित

काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर–६’ चरणमा भारतले लगातार चौथो जित हासिल गरेको छ । भारतले मंगलबार सम्पन्न आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डलाई एक सय ५० रनको विशाल अन्तरले हरायो ।
जारी प्रतियोगिताको ‘सुपर–६’ चरणमा भारत समूह–१ मा छ । भारत चार खेलबाट आठ अंक बटुल्दै तालिकाको पहिलो स्थानमा आसिन छ । तीन खेल खेलेको अस्ट्रेलिया ६ अंकसहित दोस्रो स्थानमा छ । भारत र अस्ट्रेलिया यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् ।
उक्त समूहको अन्तिम खेल बुधबार अस्ट्रेलिया र श्रीलंकाबिच खेलिने छ । चार खेलबाट चार अंक जोडेको बंगलादेश, तीन खेलबाट तीन अंक बटुलेको श्रीलंका, चार खेलबाट एक अंक हात पारेको स्कटल्यान्ड र चारवटै खेलमा पराजित भएको वेस्ट इन्डिज भने उपाधि होडबाट बाहिरिएका छन् ।
मंगलबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा एक विकेट गुमाएर दुई सय आठ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको स्कटल्यान्डले भने १४ ओभरमै अलआउट हुनुअघि ५८ रनमात्र बनाउन सक्यो ।
भारतका लागि तृषा गोंगाडीले उत्कृष्ट शतकीय पाली खेलिन् । ओपनर ब्याटर तृषाले अविजित एक सय १० रन बनाइन् । आक्रामक रुपमा प्रस्तुत भएकी उनले केवल ५९ बलको सामना गरी चार छक्का र १३ वटा चौका पनि हिर्काइन् ।
उनले आईसीसी यू–१९ महिला विश्वकपमा शतक प्रहार गर्ने पहिलो खेलाडी बन्दै इतिहास पनि रचिन् । तृषाले अर्की ओपनर ब्याटर जी। कमलिनीसँग पहिलो विकेटका लागि एक सय ४७ रनको साझेदारी पनि गरिन् ।
कमलिनीले पनि अर्धशतकीय पाली खेलिन् । उनले ५१ रन बनाइन् । कमलिनीले केवल ४२ बलको सामना गरी नौवटा चौका पनि हिकाइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी सनिका चाल्क २९ रनमा अविजित रहिन् ।
जवाफी ब्याटिङ गरेको स्कटल्यान्डका कुनै पनि ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् । ओपनर पिप्पा केली र एमा वालसिङ्घमले सर्वाधिक १२–१२ रन बनाए । भारतीय टोलीकी बलर आयुषी शुक्लाले चार विकेट लिइन् । वैष्णवी शर्मा र तृषा गोंगाडीले पनि तीन–तीन विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सगरमाथा संवाद’ विश्वव्यापी संवाद मञ्च हो : भारतीय वातावरण मन्त्री
-
‘बारपाक फोटो प्रदर्शनी’ मा विद्यार्थीहरूको रूचि, तस्बिरहरू
-
...अनि सरकारी वकिललाई न्यायाधीशले सोधे – मिश्र तीनकुनेबाट बन्दुक खोस्न गएका थिए कि ढुङ्गा हान्न ?
-
राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता
-
हावाहुरीका कारण उडान प्रभावित, ८ विमान ‘डाइभर्ट’
-
‘के घर के डेरा : घर नं २’ को ओपनिङ व्यवसाय कस्तो ?