तृषाले इतिहास रचेको खेलमा भारतको सहज जित
काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर–६’ चरणमा भारतले लगातार चौथो जित हासिल गरेको छ । भारतले मंगलबार सम्पन्न आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डलाई एक सय ५० रनको विशाल अन्तरले हरायो ।
जारी प्रतियोगिताको ‘सुपर–६’ चरणमा भारत समूह–१ मा छ । भारत चार खेलबाट आठ अंक बटुल्दै तालिकाको पहिलो स्थानमा आसिन छ । तीन खेल खेलेको अस्ट्रेलिया ६ अंकसहित दोस्रो स्थानमा छ । भारत र अस्ट्रेलिया यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् ।
उक्त समूहको अन्तिम खेल बुधबार अस्ट्रेलिया र श्रीलंकाबिच खेलिने छ । चार खेलबाट चार अंक जोडेको बंगलादेश, तीन खेलबाट तीन अंक बटुलेको श्रीलंका, चार खेलबाट एक अंक हात पारेको स्कटल्यान्ड र चारवटै खेलमा पराजित भएको वेस्ट इन्डिज भने उपाधि होडबाट बाहिरिएका छन् ।
मंगलबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा एक विकेट गुमाएर दुई सय आठ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको स्कटल्यान्डले भने १४ ओभरमै अलआउट हुनुअघि ५८ रनमात्र बनाउन सक्यो ।
भारतका लागि तृषा गोंगाडीले उत्कृष्ट शतकीय पाली खेलिन् । ओपनर ब्याटर तृषाले अविजित एक सय १० रन बनाइन् । आक्रामक रुपमा प्रस्तुत भएकी उनले केवल ५९ बलको सामना गरी चार छक्का र १३ वटा चौका पनि हिर्काइन् ।
उनले आईसीसी यू–१९ महिला विश्वकपमा शतक प्रहार गर्ने पहिलो खेलाडी बन्दै इतिहास पनि रचिन् । तृषाले अर्की ओपनर ब्याटर जी। कमलिनीसँग पहिलो विकेटका लागि एक सय ४७ रनको साझेदारी पनि गरिन् ।
कमलिनीले पनि अर्धशतकीय पाली खेलिन् । उनले ५१ रन बनाइन् । कमलिनीले केवल ४२ बलको सामना गरी नौवटा चौका पनि हिकाइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी सनिका चाल्क २९ रनमा अविजित रहिन् ।
जवाफी ब्याटिङ गरेको स्कटल्यान्डका कुनै पनि ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् । ओपनर पिप्पा केली र एमा वालसिङ्घमले सर्वाधिक १२–१२ रन बनाए । भारतीय टोलीकी बलर आयुषी शुक्लाले चार विकेट लिइन् । वैष्णवी शर्मा र तृषा गोंगाडीले पनि तीन–तीन विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण