पाताले छाँगोमा पोखरा महानगरको प्रवेश, पर्यटकलाई शुल्क बढ्यो

पोखरा । पोखराको प्रमुख पर्यटकीय गन्तव्य पाताले छाँगोमा महानगर आफैँले टिकट काट्न थालेको छ । माघ १ गतेदेखि लगाइएको ताला सर्वपक्षीय सहमतिपछि सोमबारदेखि खुला भएको हो । ताला खुलेसँगै महानगर आफैले नयाँ टिकट बनाएर विक्री गर्न थालेको छ । योसँगै महानगरले टिकट शुल्क पनि बढाएको छ ।
यसअघि विद्यार्थीलाई २०, नेपालीलाई ४०, सार्क राष्ट्रको नागरिकलाई ८०, विदेशी नागरिकसँग १ सय रुपैयाँ लिँदै आएको थियो । महानगरपालिकाले बढाएर विद्यार्थीका लागि ३०, नेपाली नागरिकसँग ५०, सार्क राष्ट्रका नागरिकसँग १०० र विदेशी नागरिकसँग १ सय ५० रुपैयाँ लिन थालेको प्रवक्ता मोती तिम्सिनाले जानकारी दिए ।
‘ताला खुल्यो । नियमित टिकट वितरण भइरहेको छ । पर्यटकले सहजै छाँगो हेरेर फर्किने वातावरण बनेको छ,’ उनले भने, ‘नमिलेका कुरा मिलाउँदै जाने र ठेक्का समेत पुनः विचार गर्ने निर्णय सर्वपक्षीय बैठकबाट भएपछि ताला खोल्न सहमति जुटेको हो ।’ महानगरपालिकाले छाँगोको जिम्मा ४० वर्षका लागि निजी क्षेत्रलाई दिने ठेक्का सम्झौता गरिसकेको छ ।
सरोकारवालाहरूले उक्त ठेक्काको पारदर्शिताबारे प्रश्न उठाउँदै विरोध जनाएका छन् । स्थानीयले सस्तोमा ठेक्का दिन लागेको भन्दै विरोध जनाएर ताला लगाएका हुन् । उक्त छाँगो स्थानीय छोरेपाटन माविले भोगचलन गर्दै आएको थियो । तर महालेखा परीक्षकको कार्यालयले स्कुललाई सार्वजनिक सम्पत्ति उपभोग गर्ने अधिकार नभएकोले महानगर मातहत ल्याउन सुझाएको छ ।
त्यतिमात्रै होइन, स्कुलले उठाएर खर्च गरेको रकम बेरुजुका रूपमा उल्लेख गरेको छ । उक्त बेरुजु असुल गर्न मलेपले निर्देशन दिएको छ । महानगरले स्कुललाई वार्षिक ३ करोड १ लाख दिनेगरी सम्झौता गरेको छ । सहमति कार्यान्वयन भए पुनः आन्दोलन गरिने विद्यालय व्यवस्थापन समितिका सदस्य देवराज आचार्यले जानकारी दिए । प्रमुख पर्यटकीय गन्तव्य ताला लगाएर राख्दा पर्यटनको राजधानीको रूपमा घोषित पोखराको बारेमा गलत सन्देश प्रवाह भएको सरोकारवालाहरूको गुनासो थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेजदेखि आईजीपी वसन्त कुँवरसहित ९ जनाको अवकाशसम्म
-
सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
-
‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र
-
एक महिलाको मृत्यु प्रकरणको अनुसन्धानका लागि चार जना नियन्त्रणमा
-
नेविसंघ नेता दाहालको मर्ने र मार्ने धम्की
-
कैलालीको लम्कीचुहा मोतीपुरमा एक पुरुषमाथि खुकुरी प्रहार