अखिल क्रान्तिकारीको मतगणना केही बेरमा हुने
काठमाडौँ । अखिल क्रान्तिकारीको विश्वविद्यालय र उपत्यका विशेष प्रदेशको स्थगित मतगणना केही बेरमा सुरु हुने भएको छ । मतपत्रमा प्रयोग भएको मसी र मतगणना स्थलको विषयमा विवाद हुँदा यी दुई प्रदेशको मतगणना रोकिएको थियो ।
नेतृत्व छनोटका लागि शनिबार भएको निर्वाचनको सात प्रदेशको नतिजा आइसकेको छ । अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटा र हेमन्त राई पक्षधरबिच विवाद भएपछि निर्वाचन समितिले मतगणना स्थगित गरेको थियो । मंगलबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्वाचन समिति, अध्यक्षका उम्मेदवारहरू, इन्चार्जसहितको सर्वपक्षीय बैठकले मतगणना नरोक्ने गरी निर्वाचन समितिको निर्णय मान्ने सहमति भएको हिमाल शर्माले जानकारी दिए । शर्माका अनुसार अध्यक्षका उम्मेदवारहरूले लिखित राय दिएकाले निर्वाचन समितिले निर्णय गरेपछि मतगणना अगाडि बढ्ने छ ।
‘दुवै पक्षबाट लिखित राय आएको छ । त्यसका आधारमा निर्वाचन समितिले निर्णय गरेपछि मतगणना अगाडि बढ्छ’, उनले भने ।
तर अध्यक्षका उम्मेदवारहरू राई, सुदिन पौडेल र उपदेश यादवले संयुक्त रूपमा रातो मसीलाई मान्यता दिनुपर्ने, मतगणना मतदान केन्द्र रहेको वाल्मीकि क्याम्पसमै हुनुपर्ने सुझाव दिएका थिए । सापकोटाले अन्य मसीलाई पनि मान्यता दिनुपर्ने सुझाव दिएका थिए । आफूहरूको सुझावलाई बेवास्ता गर्दै मतपेटिका पेरिसडाँडा लगिएको असन्तुष्ट पक्षको आरोप छ । सात प्रदेशको नतिजा आउँदा सापकोटा २० मतले अगाडि रहेका छन् । अब ५२२ मत गणना गर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण