अखिल क्रान्तिकारीको मतगणना केही बेरमा हुने

काठमाडौँ । अखिल क्रान्तिकारीको विश्वविद्यालय र उपत्यका विशेष प्रदेशको स्थगित मतगणना केही बेरमा सुरु हुने भएको छ । मतपत्रमा प्रयोग भएको मसी र मतगणना स्थलको विषयमा विवाद हुँदा यी दुई प्रदेशको मतगणना रोकिएको थियो ।
नेतृत्व छनोटका लागि शनिबार भएको निर्वाचनको सात प्रदेशको नतिजा आइसकेको छ । अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटा र हेमन्त राई पक्षधरबिच विवाद भएपछि निर्वाचन समितिले मतगणना स्थगित गरेको थियो । मंगलबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्वाचन समिति, अध्यक्षका उम्मेदवारहरू, इन्चार्जसहितको सर्वपक्षीय बैठकले मतगणना नरोक्ने गरी निर्वाचन समितिको निर्णय मान्ने सहमति भएको हिमाल शर्माले जानकारी दिए । शर्माका अनुसार अध्यक्षका उम्मेदवारहरूले लिखित राय दिएकाले निर्वाचन समितिले निर्णय गरेपछि मतगणना अगाडि बढ्ने छ ।
‘दुवै पक्षबाट लिखित राय आएको छ । त्यसका आधारमा निर्वाचन समितिले निर्णय गरेपछि मतगणना अगाडि बढ्छ’, उनले भने ।
तर अध्यक्षका उम्मेदवारहरू राई, सुदिन पौडेल र उपदेश यादवले संयुक्त रूपमा रातो मसीलाई मान्यता दिनुपर्ने, मतगणना मतदान केन्द्र रहेको वाल्मीकि क्याम्पसमै हुनुपर्ने सुझाव दिएका थिए । सापकोटाले अन्य मसीलाई पनि मान्यता दिनुपर्ने सुझाव दिएका थिए । आफूहरूको सुझावलाई बेवास्ता गर्दै मतपेटिका पेरिसडाँडा लगिएको असन्तुष्ट पक्षको आरोप छ । सात प्रदेशको नतिजा आउँदा सापकोटा २० मतले अगाडि रहेका छन् । अब ५२२ मत गणना गर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग
-
हेटौँडामा भूगर्भविद्को १० घण्टा : जमिनमुनि मेटल डिटेक्ट, पुरिएको गाडी हुनसक्ने अनुमान
-
गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणमा देखिएका समस्याबारे छलफल
-
बाढीले काठेपुल बगाएपछि आवागमनमा समस्या
-
प्रदीप नेपाल : सुरुङ खनेर नख्खु जेलबाट भागेपछि...
-
कन्सर्ट विवादको लागि सोनु निगमले माफी मागे