रौतहट प्रहरीद्वारा एकैदिनमा १८ जना फरार प्रतिवादी पक्राउ
रौतहट । फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत रौतहट प्रहरीले एकैदिनमा १८ जना प्रतिवादी लाई पक्राउ गरेको छ। प्रहरी कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत प्रहरी इकाईहरूबाट खटिएको प्रहरी टोलीले मंगलवार जिल्लाको छुट्टाछुट्टै स्थानबाट एकैदिनमा १८ फरार प्रतिवादी लाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा जालसाजी मुद्दाका शेख वहिद, नेक महमद, मिर अली हुसैन, शेख तैयब, शेख जमिर, शेख अख्तर, शेख दमी अख्तर, शेख साहिद, शेख मेराज, ईस्लाम अन्सारी, र जुमन देवान रहेका छन्।
त्यस्तै हातहतियार खरखजाना मुद्दाका नवलाकिशोर मुखिया, कुटपिट तथा गाली बेइज्जती मुद्दाका शेख जाकिर, चोरी मुद्दाका रामबालक मुखिया, कुटपिट मुद्दाका वीर बहादुर राय, बिगो मुद्दाका सिकिन्दर यादव, र किर्ते जालसाजी मुद्दामा जगरनाथ राय यादव पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
जिल्ला अदालत रौतहट बाट दण्ड सजाय तोकिएर फरार रही लामो समय पछि पक्राउ परेका प्रतिवादीहरू लाई फैसला कार्यान्वयन लागि मंगलवार जिल्ला अदालत गौरमा उपस्थित गराइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले झन्डै ३०० प्रतिवादी लाई पक्राउ गरी फैसला कार्यान्वयन लागी जिल्ला अदालत रौतहटमा उपस्थित गराएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण