वातावरणीय लेखापरीक्षण कानुनको वकालत गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौँ । वातावरणीय लेखापरीक्षणका लागि कानुन आवश्यक भएको भन्दै यस सम्बन्धमा छलफल गर्न जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको छ ।
एमाले सचेतक सुनिता बराल प्रस्तावक रहेको उक्त जरुरी सार्वजनिक प्रस्तावमा ठाकुर गैरे, प्रतिमा गौतम, माधव सापकोटा, निशा डाँगी र बिना लामा समर्थक रहेका छन् । उक्त प्रस्ताव बुधबार प्रतिनिधिसभामा दर्ता भएको हो ।
प्रस्ताव दर्ता गर्दै उनीहरूले नेपालमा वातावरणीय लेखापरीक्षणको लागि कुनै स्पष्ट कानुनी व्यवस्था नभएको तथा कानुनले प्रष्टरुपमा वातावरणीय लेखापरीक्षण अनिवार्य नभनेको अवस्था पनि उल्लेख गरेका छन् ।
‘विकास र औद्योगिकीकरणको क्रममा, वातावरणीय विनाश र प्राकृतिक संशोधनहरूको अत्यधिक दोहन एक ठुलो चुनौती बनिरहेको छ । त्यसको प्रभाव समुदायस्तरमा परिरहेको छ । वातावरण क्षयको मूल्य आर्थिक विकासभन्दा निकै ठुलो बन्नसक्ने अवस्था समेत छ‚’ दर्ता भएको प्रस्तावमा लेखिएको छ ।
वातावरणीय लेखापरीक्षणलाई सरकारले लागू नगरेसम्म यसले समस्यालाई बढवा दिने भन्दै यसका लागि कानुनी प्रष्टता आवश्यक रहेको पनि उल्लेख गरिएको छ ।
‘विश्वव्यापी रूपमा वातावरणीय लेखापरीक्षणलाई एक महत्त्वपूर्ण प्रक्रिया मानिन्छ । यो प्रक्रियाले वातावरणीय प्रभावको नकारात्मक प्रभावहरूलाई कम गर्न मद्दत गर्छ‚’ दर्ता गरिएको प्रस्तावमा लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
-
१० बजे १० समाचार : विष्णु पौडेललाई मिलेन राहत, सरकारले गर्यो सरुवा र नियुक्तिसहितका निर्णय
-
कार्यकारी प्रमुखमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ
-
पर्सा प्रहरीले पनि हटाउन थाल्यो सवारी साधनको कालो सिसा
-
दयाहाङ र मिरूनाकाे ‘रातो घेरा’ मुहूर्त, अर्को सातादेखि छायाङ्कन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण