सहिदको बलिदानबाटै देश गणतन्त्रात्मक व्यवस्थामा पुगेको हो: देवकोटा
हेटौँडा । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले सहिदहरूको त्यागका कारण व्यवस्था परिवर्तन सम्भव भएको बताएका छन् । उनले सहिदहरूको बलिदानको कारण देश गणतन्त्रात्मक शासन व्यवस्थामा पुगेको उनले बताए ।
हेटौँडा–११ स्थित सहिद स्मारकमा आयोजित सहिद दिवस २०८१ समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले मानव इतिहासकै अधिकतम स्वतन्त्रताको युगमा नेपाल रहेको बताए । विगतमा नपाएको मौलिक र मानव अधिकारको उपयोग वर्तमान व्यवस्थामा गर्न पाएको उनको भनाइ छ ।
न्याय, स्वतन्त्रता, अस्तित्व र गौरवका लागि अमूल्य जीवन उत्सर्ग गर्ने वीर सहिदहरूलाई सधैँ स्मरण गरिरहनुपर्ने प्रदेश प्रमुख देवकोटाले बताए । सहिदहरूको त्यागलाई सप्ताह र दिवसमा मात्र सीमित नराखी मुलुकको समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा उनको भनाइ छ ।
कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र र गणतन्त्र स्थापनामा सहिदहरूको ठुलो योगदान रहेको बताए । सहिदहरूको सम्मानमा स्मारकको पनि महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।
सभामुख भुवन कुमार पाठकले १ सय ४ वर्षीय जहानीय राणा शासनको कालो कालखण्डलाई चिर्न र जनतालाई अधिकार सम्पन्न बनाउन सहिदहरूले भूमिका निर्वाह गरेको बताए । सहिदहरूको बलिदान कै कारण देशमा प्रजातन्त्र स्थापना सम्भव भएको उनको भनाइ थियो ।
बागमती प्रदेश सरकारको आयोजनामा भएको उक्त कार्यक्रममा श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार २०८१ बाट कवि एवम् साहित्यकार तुलसी घिमिरेलाई सम्मानित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण