हेटौँडाको सहिद स्मारकमा प्रदेश सरकारको सहिद दिवस (तस्बिरहरू)
हेटौँडा । बागमती प्रदेश सरकारले सहिद दिवसको अवसरमा बुधवार विशेष कार्यक्रम सम्पन्न गरेको छ । हेटौँडा–११ स्थित सहिद स्मारकमा प्रदेश सरकारको आयोजनामा सहिद मनाइएको हो।
प्रदेश सरकारको आयोजना तथा सहिद स्मारक विकास समितिको व्यवस्थापनमा र्याली सहित भएको उक्त समारोहमा समारोहमा प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्य रहेको थियो भने सभामुख भुवनकुमार पाठक, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको विशेष आतिथ्यता रहेको थियो ।
प्रदेश सरकारले विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस ३ दिनसम्म मनाउने निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सहिद दिवस मनाउन मूल समारोह आयोजक समिति गठन समेत गरेको थियो । मन्त्रालयले १४, १५ र १६ गते ‘तीन दिन’ विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार प्रदेश सरकारले सरसफाइ, निबन्ध प्रतियोगिता, दीप प्रज्वलन लगायतका कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख सहित प्रदेश सरकारका मन्त्रीहरू लगायतले सहिद स्मारकमा रहेको सहिदका प्रतिमामा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेका थिए । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय व्यवस्थापनमा भएको उक्त समारोहमा कर्मचारी, गैरसरकारी संस्था, सुरक्षा निकाय लगायतको सहभागिता रहेको थियो ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण