शेख हसिनाको पालमा भएका असमान सन्धि–सम्झौताप्रति बंगलादेशको चासो
बुधबार, १६ माघ २०८१, १६ : ३९
ढाका । बंगलादेशले अपदस्थ प्रधानमन्त्री शेख हसीनाको पालामा भारतसँग भएका सबै असमान सन्धि–सम्झौताबारे छलफल चलाउने भएको छ । बंगलादेशको अन्तरिम सरकारका गृह मामिला सल्लाहकार सेवा निवृत्त लेफ्टिनेन्ट जनरल मोहम्मद जहाँगीर आलम चौधरीले बुधबार यस्तो बताएका हुन् ।
चौधरीका अनुसार अपदस्थ प्रधानमन्त्री शेख हसिनाको कार्यकालमा भारतसँग हस्ताक्षर गरिएका सबै ‘असमान सम्झौताहरू’बारे छलफल गरिनेछ ।
भारतको सीमा सुरक्षा बल र बंगलादेश सीमा गार्डका प्रमुखहरू बीचको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै उनले सीमा क्षेत्रका भारतीय नागरिकहरूले लागूऔषध उत्पादन गर्ने र सीमापार तस्करी गर्ने गरेको आरोप लगाएको भन्दै ढाका ट्रिब्यून अखबारले समाचार पनि छापेको छ । सीमामा भारतीय सुरक्षाकर्मी, भारतीय नागरिक र अन्यद्वारा बंगलादेशी नागरिकको हत्या बढेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण