आगलागीमा जलेर एक जनाको मृत्यु
बुधबार, १६ माघ २०८१, १९ : २४

काठमाडौँ। डोल्पाको मुड्केचुला गाउँपालिका-४ मा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । घरमा बुधबार बिहान आगलागी हुँदा जलेर ८० वर्षीय बादी कामीको मृत्यु भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
उता, रौतहटको गरूडा नगरपालिका-५ स्थित माँ सरस्वती जेनरल सप्लायर्स कोइला गोदाममा मंगलबार बिहान आगलागी हुँदा करिब ९३ लाख २२ हजार ५ सय रुपैयाँ बराबरको कोइला जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको ७६ औँ वर्षगाँठ : विशेष कार्यक्रम गर्दै एमाले
-
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक बस्ने
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)