ह्वाइट हाउसद्वारा अमेरिकी अनुदान र ऋणमाथि रोक लगाउने ट्रम्प प्रशासनको आदेश रद्द
काठमाडौं । ह्वाइट हाउसले संघीय अनुदान तथा ऋणमाथि रोक लगाउने आदेशलाई रद्द गरिदिएको छ । उसले सयौं अर्ब डलरको अनुदान र ऋणमाथि संघीय रोकलाई आधिकारिकता दिन गरिएको एक आदेशलाई रद्द गरिदिएको हो ।
जसले सरकारी सहायतामा आश्रित लागौँ मानिसमाझ त्रास फैलिएको थियो । ह्वाइट हाउसको यो आदेश मंगलबार एक न्यायाधीशले अस्थायी रोक लगाउने फैसला दिएको केही घण्टा मै आएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।
यस सन्दर्भमा अनुदान प्राप्तकर्ताको प्रतिनिधित्व गर्ने संगठनको एक समूले मुद्दा दायर गरेको थियो । जसमा न्यायाधीशले अघिल्लो सोमबारसम्म ट्रम्प प्रशासनको अनुदान तथा ऋण रोक्ने संघीय आदेशलाई रोक लगाउने निधो दिएका थियो ।
ह्वाइट हाउसले बुधबार जारी गरेको नयाँ पत्रमा भनिएको छ, ‘ओएमबी मेमोरेंडम एम-२५-१३ लाई रद्द गरिएको छ ।’ के कति कारणले यो युटर्न आयो भन्नेबारे भने अस्पट भइसकेको छैन ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले प्रशासन अझै पनि रोक लगाउने प्रयत्नमा लागि परेको छ । उनले अगाडि भनेकी छन्, ‘संघीय फण्डिङलाई रद्द गरिएको होइन । केवल ओएमबी मेमो मात्रै रद्द गरिएको हो ।’
यसै हप्ताको सुरुवातमा ह्वाइट हाउस बजेट कार्यालयका कार्यवाहक प्रमुखले एजेन्सीलाई ‘सबै संघीय वित्तीय सहायताको दायित्व वा वितरणसँग सम्बन्धित सबै गतिविधिलाई अस्थायी रुपमा रोक्न’ आदेश दिएका थिए ।
नयाँ प्रशासनलाई कुन अनुदान वा ऋण उसको एजेण्डा अनुरुप छ, छैन भनी यकिन गर्नलाई केही समय दिन भन्दै यो आदेश दिइएको बजेट कार्यालयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण