इंग्लिश क्लब लिभरपुल, आर्सनल र एस्टन भिल्ला सिधै च्याम्पिन्स लिगको अन्तिम १६ मा
बिहीबार, १७ माघ २०८१, ०६ : ०४
काठमाडौं । इंग्लिश क्लब लिभरपुल, आर्सनल र एस्टन भिल्ला सिधै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन् । लिभरपुल झण्डै शतप्रतिशत नतिजाका साथ अन्तिम १६ मा पुगेको छ भने आर्सनलले ६ खेल जित्दा १ बराबरी र १ खेलमा हारको सामना गर्दै अन्तिम १६ मा पुगेको छ ।
एस्टन भिल्लाले समूह चरणको अन्तिम खेलमा स्कलल्याण्डको सेल्टिकलाई ४-२ ले हराउँदै अन्तिम १६ को यात्रा तय गरेको हो । अंकतालिकामा भने यी तीनै इंग्लिश क्लब शीर्ष आठभित्रै छन् । भिल्लालाई जिताउन रोजर्सले ह्याट्रिक गरे ।
खेल सुरु भएको ३ मिनेट नवित्दै गोलको खाता खोलेका उनले निर्धारित समयबाट एक मिनेट घर्किंदा ह्याट्रिक पुरा गरे । यस्तै, वाट्किन्सले एक गोल गरे । यो शानदार विजयले एस्टन भिल्लालाई सोझै अघिल्लो चरण लग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण