उत्कृष्ट खेल पस्कँदै रुपेश र सिन्दिरा अगाडि
काठमाडौँ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा हैटौँडामा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा बिहीबार आठौं चरणको खेल सम्पन्न हुँदासम्म एफएम रुपेश जैसवाल र सिन्दिरा जोशी उपाधि नजिक पुगेका छन् ।
२५ औँ पुरुष राष्ट्रिय बुद्धिचालमा पूर्वनेपाल च्याम्पियन रुपेश जैसवालले सीएम नवीन तण्डुकालाई पराजित गर्नुअघि युवा पुरुषोत्तम सिलवालसँग बराबरी खेल खेलेका थिए । रौतहटका रुपेश जैसवालले जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो व्यक्तिगत ३३।८ रेटिङ वृद्धि गर्न सफल भएका छन् । उनले २०९३ रेटिङबाट खेल प्रारम्भ गरेका थिए ।
हेटौंडास्थित होटल सामनाको सभाहलमा चलिरहेको प्रतिस्पर्धामा एफएम क्षितिज भण्डारी, काठमाडौँका पुरुषोत्तम सिलवाल र झापाका राजन सुवेदीले समान साढे पाँच अंक जोडेर संयुक्त रुपमा दोस्रो स्थानमा आसिन छन् । मकवानपुरका क्षितिजले २०९१ रेटिङ स्तरको खेल खेल्दै आफ्नो ६.५ रेटिङ वृद्धि गरेका छन् । उदीयमान पुरुषोत्तमले २०९० को स्तरिय खेल खेल्दै २२ रेटिङ वृद्धि गरेका छन् । वर्तमान नेपाल च्याम्पियन राजन ३२.८ रेटिङ बढाउन सफल भएका छन् ।
अन्तिम तिन चरणको खेल बाँकी रहँदा सीएम शुश्रुत दहाल पाँच अंकसहित तेस्रो स्थानमा छन् । दोलखाका आशिष् फुयाल र काठमाडौँका एफएम रिजेन्द्र राजभण्डारी ४.५ अंक जोडेर चौथो स्थानमा रहेका छन् । यसैगरी, १०औँ महिला राष्ट्रिय बुद्धिचाल स्पर्धामा वर्तमान वुमन नेशनल च्याम्पियन सिन्दिरा जोशी उत्कृष्ट प्रदर्शन गरि पुनः उपाधितर्फ बढेकी छन् । काठमाडौँकी सिन्दिराले ६.५ अंक जोड्ने क्रममा पाँच जीत र तीन बराबरीको नतिजा निकालेकी छन् ।
बाँकेकी इशा गिरी र काठमाडौँकी एञ्जल महर्जन दुवैले समान ६–६ अंक जोडेका छन् । उनीहरु संयुक्त रुपमा दोस्रो स्थानमा छन् । मोरङकी शान्ति धिमाल ५.५ अंक जोडेर तेस्रो स्थानमा रहन सफल भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण