योजना छनोट र कार्यान्वयनमा देखिएको विकृतिलाई अन्त्य गर्छौं : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयनमा देखिएको विकृतिलाई अन्त्य गरिने बताएका छन् । बिहीबार कपिलवस्तु नगरपालिका–१ आनन्द नगरमा मदन आश्रित स्मृति भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले योजना छनोट गर्ने, कार्यान्वयनमा देखिएको विकृति अन्त्य गर्न टुक्रे योजना निरुत्साहित गर्ने, पाँच लाखभन्दा माथिका योजना कार्यान्वयनमा प्रतिस्पर्धा गराउने निर्णय गरिएको स्पष्ट पारे । उपभोक्ता समितिको नाममा योजना कार्यान्वयनमा देखिएको विकृतिलाई रोक्न प्रदेश सरकार निर्मम बनेको उनले बताए । उनले सरकारले सबै खाले विकृतिलाई निरुत्साहित गर्ने प्रस्टाउँदै सुशासन कायम गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेर अघि बढिरहेको बताए ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार जनताको भरोसाको केन्द्र बन्न सफल भएको दाबी गर्दे नजिकबाट सम्बोधन गर्न सफल भएको बताए । यस्तै सङ्घीयतालाई बलियो र स्थापित गर्न तिन तहका सरकारको बिचमा समन्वय, सहकार्य र सहअस्तित्व कायम गरी अघि बढ्नु आवश्यक भएको बताए ।
एक करोडको लगानीमा मदन आश्रित स्मृति भवन निर्माण सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
-
प्रदेश सरकारको चाबी नेकपाको हातमा, तर पार्टीभित्र दुई मत
-
गड्यौला मलले फेरियो किसानको दैनिकी, अर्गानिक खेतीबाट लाखौँ आम्दानी
-
सिंहदरबारमा सङ्घ र प्रदेशका ऊर्जामन्त्रीहरूको बैठक सुरु
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण