पाथीभरा मुकुलुङ्ग क्षेत्रको विवाद सहमतिमा समाधान गर्न राप्रपाको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाथीभरा मुकुलुङ्ग क्षेत्रमा केबलकार निर्माण कार्यमा उत्पन्न विवाद संवाद र सहमतिमा समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ । पवित्र धार्मिक क्षेत्र शान्त राख्नुपर्नेमा राप्रपाको जोड छ ।
‘ताप्लेजुङ, फुङलिङ नगरपालिका ११ मा अवस्थित पाथीभरा मुकुलुङ्ग क्षेत्रमा केबलकार निर्माण कार्य सञ्चालन गर्ने क्रममा स्थानीय सरोकार व्यक्त गरेका स्थानीयवासी प्रति भएको प्रशासनिक हस्तक्षेपको राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ । पवित्र धार्मिक क्षेत्रलाई शान्त राख्न संवाद र सहमतिको बाटोमा अघि बढ्न सरकारको ध्यानाकर्षण गराउँदछ,’ माघ ११, १२ र १३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय कार्य समितिको बैठकपछि राप्रपाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
यसैबिच राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले केबलकार निर्माण कार्यको विरोध गर्ने क्रममा माघ १२ गते प्रहरीको गोली लागि घाइते भएका पाँचथर, कुरुम्बा निवासी सगुन लावतीलाई बिहीबार भेटी स्वास्थ लाभको कामना गरेका छन् ।
झडपमा घाइते भएका लावतीको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार जारी छ । परिवारका सदस्यका अनुसार घाइते लावतीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाविरुद्ध बेल्जियमको सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण